Logo

एनआरएनए कोलोराडो च्यापटर अध्यक्षमा आरसी पन्त निर्वाचित


एनआरएनए  (NRNA) अर्थात गैर आवासीय नेपाली संघ कोलोराडो च्याप्टरको अध्यक्षमा आरसी पन्त विजयी भएका छन् । आफ्नो प्रत्यासी कुमारजङ्ग कार्कीलाई हराउँदै ३४९ मत ल्याएर पन्त च्याप्टरको अध्यक्षमा निर्वाचित भएका हुन ।

नव निर्वाचित अध्यक्ष पन्तले आफ्नो प्रत्यासी उपबिजेताहरुसंग सहकार्य गर्दै च्यापटरलाई गतिशिल बनाउने र सबै संघसंस्थाहरुसंग मैत्रिसम्बन्ध स्थापित गर्दै काम गर्ने प्रतिबद्धता जनाए ।

साथै आफ्नो कार्यकालमा कोलोराडोमा रहेका नेपाली भाषिहरुको जनसंख्या संकलन गर्ने र कोलोराडोमा एनआरएनएको सदस्य संख्या बढाउने, केन्द्रले दिएको जिम्मेवारी संस्थागत गर्दै अगाडी बढ्ने पनि पन्तले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्