चौधरी ग्रुपको बियर प्लान्टमा आगलागी

चौधरी ग्रुपको नवलपुरस्थित बियर प्लान्टमा आगलागी भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको नेपाल आइस वियर प्लान्टमा आगलागी भएको हो ।बिहान साढे ८ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेका छन् ।
चौधरी ग्रुपको नेपाल आइसलगायतका बियर सो कम्पनीबाट उत्पादन हुने गर्छ ।
प्रहरीका अनुसार विद्यूतको तार सर्ट भएर आगो लागेको हो कि भन्ने आशंका छ ।