Logo

काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला


काठमाडौं । काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ ।

बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको जानकारी दिए ।

बुधबार बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । बैठकले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ ।

साथै निर्माण क्षेत्रमा काम रोकिएकोले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम  गर्न दिनेबारे पनि छलफल भएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी दिए ।

कोरोना संक्रमणदर उच्च भएपछि गत बैशाख १६ देखि उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्