“जाल्पा मा.वि. जालपाको सान ” गीत सार्वजनिक

आशकुमार राई
काठमाण्डौ – “जाल्पा मा.वि. जालपाको सान ” गीत सार्वजनिक भएको छ ।
यो गीत रिलिकल भिडियो रायरा हामरुङ राई पर्सनल युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा युवा गायक रायरा हामरुङ राईको स्वर रहेको छ ।
प्रस्तुत गीतमा गीतको रचना तथा संगीतकार दिल बारा राईको रहेको छ, त्यस्तैगरी संगीत संयोजन र मास्टरीङ आगा लामाको रहेको छ ।
यस गीतमा जालपा मा.वि. जालपा स्कुललाई स्थापित गर्नकोलागी योगदान र बलिदान दिनु हुने र गर्नु हुने अग्रज पुर्खाहरुको सम्मानकोलागी गहिरो तरिकाले उजागर गर्न खोजिएको छ । ऐतिहासिक जालपा मा.बि.को दर्पण देखाउन खोजिएको छ ।
“जाल्पा मा.वि. जालपाको सान ” गीत गीतलाई सम्पादन र भिडियो राकेश राईले गरेको हुन । त्यस्तैगरी फोटोगा्रफी अनिल स्थापितले गरेका हुन ।
“जाल्पा मा.वि. जालपाको सान ” गीतलाई कला रेकडीङ स्टुडियो भक्तपुरमा रेकर्ड गरिएको हो भने यो गीत ‘सपोर्ट २०२१’ एल्बममा रहेक छ ।
गीत
“जाल्पा मा.वि. जालपाको सान
हाम्रो गौरब , हाम्रो स्वाभिमान” !
सत्र साल्को अधेरिमा, पौरखिको मझेरिमा
अज्ञान्ताको बार फोर्दै, चेतनाको बाटो कोर्दै ।
अग्रजले गरे बलिदान,
जन्म्यो जाल्पा मा.वि. हाम्रो सान ।।।
पसिनाको पानी हाली, फलाउछौ ज्ञानको बाली
जागरणको फुल गोड्दै, जिवनसङ ज्ञान जोडदै ।
ल्याउनेछौ उज्यालो बिहान
जाल्पा मा. वि. हाम्रो पहिचान ।।।।
धर्तिमा बाँस भएसम्म, चन्द्र सुर्य रहेसम्म
ज्ञान बिज्ञानको बीउ छर्दै, जागरणको जोश भर्दै ।
लम्किरहोस हाम्रो अभियान
चम्किरहोस हाम्रो यो निशान ।।।।।
[ऐतिहासिक गीत गाउने अबसर दिनु भकोमा जालपा मा. वि. जालपा खोटाङ स्कुल प्रती आभारी छु । यो जालपा मा.वि. जालपा स्कुललाई स्थापित गर्नकोलागी योगदान र बलिदान दिनु हुनेर गर्नु हुने अग्रज पुर्खाहरुको सम्मानकोलागी जालपा मा. वि. ले तयार पारेको गीत हो- गायक राई।]