Logo

ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्ती रेजिस्ट्रेसन अनलाइनबाटै, उमेर र शैक्षिक योग्यतामा हेरफेर


काठमाडौँ — बेलायत सरकारले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसका भर्तीका निम्ति अनलाइनबाटै प्रारम्भिक चरणको नाम लेखाउने (रजिस्ट्रेसन) भएको छ । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्नाको लागी अनलाइनबाटै फारम भर्न मिल्ने भएको छ ।

त्यसनिम्ति जुन २८ देखि जुलाई १६ सम्म म्याद राखेको छ । १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेकाले मात्र भिड्न पाउने रेक्रुट इन्टेक–२०२२ को मापदण्डमा राखिएको छ ।

मंगलबार पोखरास्थित ब्रिटिस क्याम्पका अधिकारीले प्रतिस्पर्धी नेपाली युवालाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन् ।

कोभिड प्रकोपको महामा’रिको कारण नेपाल सरकारलाई साथ दिदै यस्तो व्यवस्था गर्न बाध्य भएको ब्रिटिस आर्मि मुख्यालयको आधिकारिक वेबसाइटमा सुचना प्रकाशन गरिएको छ ।

उक्त सुचना www.army.mod.uk  मार्फत हेर्न सकिनेछ । सुचनामा उल्लेख भए अनुसार यहि जुन २८ देखि जुलाई १६ सम्म नाम दर्ताको समय तोकिएको छ ।

यस्तै गरेर इन्टेक २०२२ को लागी १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेका युवाहरुले मात्र नाम दर्ता गर्न पाउँनेछन । गत सालसम्मको मापदण्ड अनुसार साढे १७ वर्षदेखी २१ वर्ष उमेरसम्मका युवाहरुले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्नाकोलागी फारम भर्न पाउने थिए ।

सुचना शैक्षिक योग्यताको बिषयमा भनिएको छ, ‘ ब्रिटिस आर्मी (बीसी) र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स (जीसीएसपीएफ) दुवैतर्फ एउटै शैक्षिक योग्यता कायम गरेको छ । जसमा सन् २०१६ सम्म एसएलसी दिई थर्ड डिभिजन वा २०१६ पछि एसईई गरेकाले पाँच विषयमा ‘सी ग्रेड’ हासिल गरेको हुनु पर्नेछ ।’

सुचना भनिएको छ, ‘ब्रिटिस गोर्खा र सिंगापुर पुलिस यसकालागी यसपटक बिशेष परिस्थितिको कारण उमेर मापदण्ड परिवर्तन गरिएको हो । यसअघि प्रारम्भिक चरणमा नाम लेखाउन (रजिस्ट्रेसन) र क्षेत्रीय छनोट पूर्वमा धरान र पश्चिम पोखरामा गरिन्थ्यो । यो पटक अनलाइनबाट रजिस्ट्रेसन (नाम लेखाउने), क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने यसअघि जानकारी दिइएको छ ।’

आउँदो वर्षका निम्ति कोटा घटाएर ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका निम्ति १ सय ४० जना छनोट हुने समेत ब्रिटिस आर्मी क्याम्पका अधिकारीले बताएका छन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्