Logo

भट्टराई- यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार जनालाई पार्टीबाट निकाल्यो


जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले अर्को पक्षका नेता महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको नेता मोहम्मद इस्तियाक राइले जनाएका छन् ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो।

भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए।

ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्