Logo

सरकारले तोकेका बाहेक कोरोनाका विषयमा सञ्चारमाध्यममा बोल्न नपाउने


कोभिड–१९ महामारीसहित समग्र जनस्वास्थ्यका विषयमा तोकिएका आधिकारिक व्यक्तिबाहेक अरुले जानकारी दिन नपाउने भएको छ ।

मन्त्रालयमा हिजो बसेको बैठकले सरकारका विभागीय मन्त्रीहरु वा मन्त्रालयले तोकेका पदाधिकारीहरुबाहेकले आधिकारिक जानकारी वा पुष्ट्याइँ गर्न नपाउने निर्णय गरेको हो ।

तोकेका व्यक्तिबाहेकले दिएको जानकारी प्रकाशन तथा प्रसारण नगर्न पनि मन्त्रालयले सञ्चारमाध्यमहरुलाई सूचित गरेको छ ।

जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिले सञ्चारमाध्यममा बोल्ने वा टिप्पणी गर्ने गरेकाले यसले नागरिकलाई भ्रमित बनाएको भन्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्