उपत्यकामा जेठ अन्तिमसम्म निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं उपत्यकाको निषेधाज्ञा यही जेठको अन्तिमसम्म लम्ब्याउने गृहकार्यमा प्रशासन जुटेको छ ।
उपत्यकामा कोरोना संक्रमणको दर घट्दै गए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जेठ अन्तिमसम्म निषेधाज्ञा जारी राख्ने प्रशासनको तयारी छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली संक्रमण दर घट्दैमा तत्काल निषेधाज्ञा अन्त्य नहुने बताउँछन् ।
पुनः संक्रमण नफैलिएला भन्न सकिँदैन,” उनले भने, ‘‘कोरोना महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा जारी नै रहन्छ ।
पछिल्लो साता कडा निषेधाज्ञा लगाइएकाले संक्रमण दर घटेको छ ।
”उनका अनुसार जेठ २० गतेपछिको निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी सहजीकरण गरिनेबारे आज उपत्यकाका सीडीओहरुको बैठक बस्दै छ ।
काठमाडौं उपत्यकाको निषेधाज्ञामा अब चरणबद्ध रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सहजीकरण गरिँदै लैजाने जनाइएको छ ।
प्रजिअ पराजुलीका अनुसार सीडीओहरुको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।