प्रधानमत्री ओलिले जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला ? : भीम रावल

नेकपा (एमाले)बाट कारबाहीमा परेका नेता भीम रावलले मन्त्रिमन्डल विस्तारको चर्चाप्रति कटाक्ष गरेका छन् ।
जसपाले आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्तासाझेदारीको तयारी गरिरहेको छ । सोही विषयप्रति रावलले टिप्पणी गरेका हुन् ।
सोमबार राति ट्विट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लम्पसार’ नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी पाँच मन्त्री आफूसँग राखे हुने बताएका छन् ।
त्यसो गरे ‘खुसी पार्नुपर्ने शक्ति पनि मक्ख पर्ने’ उनको भनाइ छ ।
प्रम केपीले लम्पसार नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला ! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने !,” उनले लेखेका छन् ।