Logo

खुवालुङ र दुई विमानस्थलको नीति तथा कार्यक्रमप्रति महासङ्घद्वारा कडा भ’र्त्सना (विज्ञप्तिसहित)


काठमाडौं। आदिवासी जनजाती साहियत्कार र लेखक महासंघले केपी ओली नेतृत्वको कामचलाउ सरकारले ल्याएको आगामी वर्षको बजेटको घो’र भर्तसना गरेको छ । अध्यादेशमार्फत ल्याइएको बजेटले आफनो मात्र अनुहार देख्ने वा एकल न’श्लीय राज्यसत्ता हो भन्ने कुरा देखाएको बिज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

सोमबार महासंका अध्यक्ष राजन मुकारुङ र महासचिव बुद्ध योन्जन लामाद्धारा हस्ताक्षर गरिएको जारी विज्ञप्ति निकालिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा जलयातायात योजना अन्तर्गत रहेको बुँदा नं. ३०४ मा रहेको ‘कोशी नदीको चतरादेखि भोजपुरसम्मको जलयातायात सञ्चालन गर्न जलमामार्गमा रहेका अवरोध (खुवालुङ) हटाइनेछ’ र हवाइ पुर्वाधार अन्तर्गत बुँदा नं. ३५६ मा रहेको ‘ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलाई आङ छिरिङ विमानस्थल बनाइनेछ’ भन्ने नीति तथा कार्यक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र त्यसप्रति हामी वि’रोध गर्दछौं ।’

यसबाट नै प्रमाणित हुन्छ, सप्तकोसीस्थित ‘खुवालुङ’लाई नयाँ बजेटमार्फत फुटाउने नीति ल्याएको, ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ बनाउने र तेह्रथुमको चुहानडाँडा विमानस्थलाई आङछिरिङ शेर्पा बनाउने घोषणा गर्न लागिएको देखिन्छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यले राष्ट्रको गौरवको नाममा आदिवासी जनजातिलाई सदैव ख’लनायकीकरण गरिरहेको त छ नै, विकासको नाममा खोकनामाथि अ’तिक्रमण गर्ने, खुवालुङ नस्ट गर्ने, मुक्कुम्लुङमाथि औ’पनिवेश लाद्ने, आदिवासीहरूका चि’हान चौताराहरूमाथि डो’जर लगाउने जस्ता ह’र्कतहरू निरन्तर गर्दै आइरहेकै छ । यसपटकको सरकारको नीति तथा कार्यक्रममा त उ’दाङ्गै भएको छ । विशेषतः आदिवासी जनजातिहरूको सांस्कृतिक पुर्वाधारहरूलाई अ’वरोध देख्नु, समुदायका सांस्कृतिक नामहरूलाई अपनाउन नसकी व्यक्तिका नामहरू प्रस्ताव गर्नु एकल न’श्लीय चिन्तनकै उपज हो ।’

त्यस्तैगरी विज्ञप्तिको अन्तमा भनिएको छ, ‘राज्यको यस्ता खाले एकल जा’तिवादी, न’श्लवादी, ता’नाशाही, दलाल पुँजीवादी अ’तिक्रमण वि’रुद्ध मोर्चाबध्द भई जुट्न, प्र’तिरोध गर्न सम्पूर्ण साहित्यकार, लेखक, संस्कृतिकर्मी, विश्लेषक, राजनीतिकर्मी, बुद्धिजीवि वर्ग, नागरिक अभियन्ता, युवा, विद्यार्थी तथा आम नागरिकहरूमा हार्दिक आह्वान गर्दछौँ ।’

विज्ञप्तिको पूर्ण पाठ हेर्नुहोस :

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्