Logo

यायोख्खाले बजेटमार्फत खुवालुङ फुटाउने कुराको ध्याकर्षण गर्दै बिज्ञप्ति निकाल्यो


काठमाण्डौ – आर्थिक वर्ष २०७८ र ७९ को बजेटले घुमाउरो बाटोमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित देख्न सकिन्छ ।

सो कुराले पूर्ण रुपमा किटान गर्न सकिन्छ, सरकारले ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको छ । त्यसैले किरात राई यायोख्खाले बजेटमार्फत खुवालुङ फुटाउने कुराको ध्याकर्षण एक बिज्ञप्ति निकाल्दै गरेको छ ।

यायोक्खाले विज्ञप्तिमा ६ बुँदागत धाराण दिदै यायोक्खाका अध्यक्ष दिवस राई र महा-सचिव जनक राईले सोमबार बिज्ञप्तिमार्फत बजेटको बुँदा नंं ३०४ ले खुवालुङलाई अस्रर गरेको कुरा उल्लेख छ । बिज्ञप्तिमा प्रश्न गरिएको छ, ‘ बजेटको बुँदा नंं ३०४ ले खुवालुङलाई अस्रर गर्छ कि गर्दन ?’

सरकारले जेठ १५ को बजेटमा भाषा परिवर्तनको सहायता लिँदै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुंगो’ फुटाउने आगामी आर्थिक वर्षको बजेटको बुँदा नं ३०४ मा उल्लेख कुराले देखाउछ ।

सोहि अनुरुप बजेटमा राखीएको योजना छ, त्यो पनि निकै महत्वकांक्षी योजनमा देखिन्छ । जल यातायात शिर्षक अन्तरगर्त बजेटको बुँदा नं ३०४ मा यस्तो लेखिएको छ, ‘आगामी आर्थिक वर्षदेखि कोसी, नारायणी र कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगायतका पूर्वाधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छु । कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने छ । देशको ठूला नदी प्रणालीमा जलयातायात सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गरिनेछ । नारायणी नदीको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगा खण्डलाई मदन–आश्रित जलमार्ग नामाकरण गरिनेछ ।’

बाकी बिज्ञप्तिमा हेर्नुहोस : 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्