Logo

विश्व नम्बर दुई नाओमी ओसाकाले फ्रेञ्च ओपनबाट नाम फिर्ता लिइन्


विश्व नम्बर दुई टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेञ्च ओपनबाट नाम फिर्ता लिएकी छिन्।

प्रतियोगिताका दौरान मिडियासँग बोल्न अस्विकार गरेपछि विवादमा परेकी उनले सोमबार नाम फिर्ता लिएकी हुन्।

चार पटककी ग्रान्डस्लाम च्याम्पियन ओसाकाले लामो समय डि’प्रेसनको सामना गर्नु परेको भन्दै नाम फिर्ता लिएको बताएकी छिन्।

२३ वर्षीया ओसाकाले गत साता आफ्नो मा’नसिक स्वास्थ्यका कारण फ्रेञ्च ओपनका दौरान हुने अन्तर्वार्तामा भाग नलिने बताएकी थिइन्।

‘म आफ्नो ध्यान कहिले पनि भंग गर्न चाहान्न,’ उनले भनेकी थिइन्।

आइतबार ओसाकाले फ्रेञ्च ओपानको पहिलो चरणको खेल जितेकी थिइन्।

उनले पहिलो चरणमा रोमानियाकी मिरिया टिगलाई पराजित गर्दै दोस्रो चरणमा पुगेकी थिइन्।

त्यसपछि उनले पोस्ट म्याच पत्रकार सम्मेलनमा बोलेकी थिइनन्। जसका कारण उनलाई १५ हजार अमेरिकी डलर जरिमाना गरिएको थियो।

एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्