Logo

बर्दियामा बाघले फेरि मानिसको ज्या’न लिए


बर्दियामा बाघले फेरि मानिसको ज्या’न लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन नगरपालिका-५ की नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्या’न गएको हो।

७५ वर्षीया नन्दकला सोमबार दिउँसो घर नजिकैको जंगलमा निहुरो टिप्न भनेर गएकी थिइन्।

धेरै समयसम्म उनी घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टोलीले खोजी गर्दा उनलाई साँझ पाँच बजेतिर बेल्झुण्डी सामुदायिक वनमा मृ’त फेला पारेको थियो।

नन्दकलाको घाँटीमा बाघको नंग्राले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ। उनको श’व अहिले जिल्ला अस्पताल गुलरियामा राखिएको छ।

गत बुधबार पनि मधुवन १ को औरही सामुदायिक बनमा बाख्रा चराइरहेका सोही नगरपालिकाको इन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेको थियो।

बाघले थारूको अनुहार चिथोर्नुका साथै दाहिने खुट्टाको साप्रामा घाउ बनाइदिएको छ।

प्रहरीका अनुसार थारूले पनि आफूसँग भएको खुर्पाले बाघलाई आक्रमण गरेका थिए। खुर्पाले चोट लागेपछि बाघ जंगलतिर भागेको थियो।

घाइते थारूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

बर्दियामा यसअघि बाघले आक्रमण गरी मानिसको ज्यान लिने गरेको थियो।

रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्