Logo

लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित


बुटवलः लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

सोमबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

जको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार  खड्काले ९४ मत ल्याए।

प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो।  पाण्डेले ४२ मत पाएका थिए भने खड्काले  ४० मत ल्याएका थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्