Logo

जेठ २४ सम्म निषेधाज्ञा लम्ब्याइयो


धनुषामा यही जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

सोमबार बिहान बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

जिल्लाभर लागु हुने गरी निषेधाज्ञा थपिएको छ । धनुषामा गएको वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।

बैठकले सबै स्थानीय तहलाई कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हरेक नागरिकको पीसीआर परीक्षण गराउन पत्राचार गरेको छ ।

अस्पतालमा तोडफोड एवं चिकित्सकमाथि हातपात हुने घटना बढेको भन्दै यसलाई रोक्न सुरक्षा निकायलाई अनुरोध गरिएको छ ।

कोरोनाका कारण मृ’त्यु भएकाको श’व व्यवस्थापन नेपाली सेनाले गर्ने र श’ववाहन खर्च पनि गृह मन्त्रालयले तिर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्