Logo

महन्थ ठाकुर र राजेन्द्र महतो ओलीलाई भेट्न बालुवाटारमा


प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार जसपाका दुबै नेता प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागीताको विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन्।

आजको भेटमा मन्त्रालय बाँडफाँटबारे छलफल भएको बताइएको छ। सरकारमा सहभागी हुनका लागि जसपाले ८ जना मन्त्री मागेको छ।

सर्वोच्च अदालतको आदेशले पूर्व माओवादीका सात मन्त्रीको पद खाली गराएपछि रिक्त रहेको स्थानमा जसपालाई सरकारमा सामेल गराउने प्रधानमन्त्री ओलीको तयारी छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्