कोभिड-१९ संक्रमणबाट त्रिभुवन विश्वविद्यालयका २३ जनाको मृ’त्यु

कोभिड-१९ संक्रमणबाट त्रिभुवन विश्वविद्यालयका २३ जनाको मृ’त्यु भएको छ ।
त्रिविको रजिस्ट्रार कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति जारी गरेर विभिन्न क्याम्पसमा कार्यरत २३ जनाको कोभिडले मृ’त्यु भएको जनाएको हो ।
मृ’त्यु हुनेमा २ जना सहप्राध्यापक र ५ जना उपप्राध्यापक छन् ।
यस्तै दुई जना शिक्षण सहायक, दुई जना आंशिक शिक्षक रहेका त्रिविले जनाएको छ ।
यस्तै एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगीको मृ’त्यु भएको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिडले गर्दा त्रिविले अनलाइनमार्फत कक्षा सञ्चालन गरेको छ भने आगामी परीक्षा पनि अनलाइनबाटै सञ्चालन गर्ने तयारी गरेको छ ।