Logo

वडाअध्यक्ष चन्द्रबहादुर विष्टले वृद्ध भक्तबहादुर राईसँग माफ मागे


काठमाण्डौ – अहिले सामाजिक सन्जालमा निकै भाईरल भएका बिषय हतुवागढी गाउँपालिका वडा नं ४ का भोजपुरस्थित वडाअध्यक्ष चन्द्रबहादुर विष्टले एक बृद्धा बुबासँग गरेको कुराकानी रहेको छ ।

सो कराकानीको भिडियो निकै भाईरल भएपछि सामाजिक सन्जालमा निकै ततायो । उक्त बिषयबस्तुलाई लिएर चन्द्रबहादुर विष्टले सोही वडाका स्थानीय वृद्ध भक्तबहादुर राईसँग माफ मागेका छन् ।

यो बिषय गत जेठ १२ गतेको थियो । सामाजिक सन्जालमा चर्को बिुरोध आएको थियो । सामाजिक अभियान्ता हर्क साङपाङले धरानबाट नै फोन गरेर माफी मागी बिज्ञप्ति निकाल्न फोन मार्फत भनेका थिए ।

त्यस्तैगरी बिभिन्न ठाँउमा रहेका युवाहरुले समेत भेटेर नै एकपटक राम्रो कुरा अध्यक्षसंग गर्ने सामाजिक सन्जालमा देखिन्छ ।

आर्थिक अवस्था नाजुक रहेको राईले आफूलाई पैसा आउने काम दिनकालागि वडाअध्यक्षसँग माग गर्दा विष्टले राईलाई उच्च जाुतीय अुहंकार देखाउनुका साथै तल्लो स्तरमा झरेर गा’ली गरेका थिए ।

त्यस भिडियोमा बृद्धअबस्थाका ती बुबाले वडाअध्यक्षसँग काम मागेका देखिन्छ, आर्थिक र शारिरिक अवस्था नाजुक पनि नाजुक देखिन्छ । बृद्धअबस्थाका ती बुबाले मलाई पैशा कमाउकोलागी काम मागिरहेको छन तर उक्तरमा वडाअध्यक्षले गा’लि गर्दे घर जा, काम गर्न सक्दैन भनेको छ ।

अझ ठुलो स्वरमा वडाअध्यक्ष चन्द्रबहादुर विष्टले भन्छन, ‘म ड’राउँदिन ९० प्रतिशत राई भएको ठाउँमा निर्बाचित क्षे’त्री हँु ।’

भोजपुर जिल्लाका नेकपा (माओवादी केन्द्र)का एक जिल्ला नेता भन्छन, सरकारमा ओली प्रधानमन्त्रीले देश र यी वडाअध्यक्ष विष्टले स्थानिय निकाय [नेकपा एमाले (केपी ओली समूह) वडाअध्यक्ष विष्ट पनि हुन] चलाउनु उस्तै हो, पार्टी पनि एउटै हो ।

सबैतिर सामाजिक सन्जालमा चर्काे बि’रोध आए पछि वडाअध्यक्ष विष्टले आज प्रेस विज्ञप्ति निकालेर राई र उनको परिवारसँग सार्वजनिक रुपमै माफ माग्ने कुरा बिज्ञप्तिमा उल्लेख छ ।

बाकी बिज्ञप्ति हेर्नुहोस :

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्