Logo

पत्रकारलाई देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार


सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भन्दै यसका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

यस्तै आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको पौडेलले जानकारी दिए ।

यस्तै पत्रकार कल्याणकारी कोष ३ महिनाभित्र कार्यान्वयनमा ल्याईने मन्त्री पौडेलले जानकारी दिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्