ओली समूहका सांसद बोहरालाई दल नेता शाहले साेधे स्पष्टीकरण

धनगढीः नेकपा एमालेको सुदूरपश्चिम कमिटीले ओली समूहका सांसद तथा पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ ।
एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरा स्पष्टीकरण मागेका हुन् ।
दलका नेता शाहले बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन्। बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।
तथ्यसंगत जवाफ नदिए संसदीय दलको विधान बमोजिम कारबाही हुने बताइएकाे छ ।