Logo

राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार गणतन्त्रको मर्म र भावना अनुसारको बन्न सकेन : सभापति देउवा


मुन्धुमस्टार डटकम – गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताए । सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार गणतन्त्रको मर्म र भावना अनुसारको बन्न नसक्दा त्यसको दु’ष्परिणाम  देशले  भोग्नुपरेको बताएका छन् ।

कारेक्रममा बोल्दै सभापति देउवाले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दै, लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्नेमा जोड दिए।

उनले  गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न नेपाली जनतालाई आग्रह गरे । नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२६३ को सफलता पश्चात नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको भन्दै देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्