Logo

गणतान्त्रीक आन्दोलनको महानायक प्रचण्ड र कोईराला हुन : वामदेव गौतम


मुन्धुमस्टार डटकम – नेकपा एमालेका नेता वामदेव गौतमले युगान्तकारी संघर्षका महानायक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला भएको बताएका छन् ।

१४औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेता गौतमले भने ‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको सहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर, विस ।२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस पार्टीका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। उहाँहरूमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न तर प्रचण्ड भने नेपाली राजनीतिमा अझ सक्रिय नै हुनुहुन्छ।’

नेता गौतमले भने, यो युगान्तकारी आन्दोलनमा तत्कालिन नेकपा एमालेको महासचिब माधब कुमार नेपालको पनि महत्वपुर्ण भूमिका रहेको तर तत्कालीन एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका तीन नेता त्यसको विरुद्धमा रहेको खुलासा गरे । नाम नखुलाई विभिन्न पार्टीमा आवद्ध तीन नेता गणतन्त्रको विपक्षमा रहेको बताउँदै नेता गौतमले संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर बैठकमा लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको दाबी समेत गरे।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्