Logo

गणतन्त्रका विरोधीहरूबाट गणतन्त्रको मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ : प्रचण्ड


मुन्धुमस्टार डटकम — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसका मूल्य९मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।

१४औं गणतन्त्र दिवसमा अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले प्रतिशोधी भावना, अं’हकारी सोध र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताएका हुन्

उनले पारस्परिक सम्मान, सहअस्तित्व, सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वांगीण विकास सम्भव हुने बताएका छन् । ुनेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ । ,ु उनले भनेका छन् ।

त्यस्तै उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न सबैलाई अपिल गरेका छन् ।

स्वदेशमै उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको उल्लेख गर्दै दाहालले भनेका छन्, ‘कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन् भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको छ । यसप्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्