भ्वाइस अफ नेपालका कोच दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

गायक तथा ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको भ्याइस अफ नेपालका अर्का निर्णायक प्रमोद खरेलले जानकारी दिएका छन् ।
साथै, ‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा पनि गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको जानकारी दिइएको छ ।
प्रमोदका अनुसार अहिले श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । गायक प्रमोदलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी हाल संक्रमणमुक्त भइसकेका छन् ।
नेपालमा कोरोनाभाइरसको दोस्रो भेरियन्टले गाँजेसँगै द भ्वाइस अफ नेपाल पनि दुई साताअघि हाल रोकिएको छ । उक्ता शोका केही प्रतिस्पर्धी र कोचहरुलाई कोरोना संक्रमण भएको थियो ।