Logo

चौदण्डीगढीमा कृषकलाई धानको बीउ बितरण


उदयपुरः जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषकहरुलाई उन्नत जातको धान उत्पादन गर्न बीउ बितरण शुरु गरेको छ । बिहिबारदेखि पहिलो चरणमा वडा नम्बर ६ बाट बीउ बितरण शुरु गरिएको छ ।

अन्य वडामा एक हप्ता भित्र झण्डै चौध मेट्रिकटन बीउ बितरण गरीसक्ने नगरपालिकाका कृषि प्राविधिक प्रमुख नीतु खनालले बताउनु भयो ।

गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ बितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका मेयर खगेन्द्र राईले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ बितरण गरेको बताए ।

गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ बितरण गर्दा नगरमा बीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यावस्थापन गरेको नगरप्रमुख राईले बताए । बीउमा २५ प्रतिशत कृषक र ७५ प्रतिशत नगरपालिकाको योगदान रेहको छ । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्