Logo

बलियो टिम इराकविरुद्ध नेपाललाई कठिन चुनौती


कोरोनाका कारण एक वर्ष रोकिएको फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणका खेल सुरू भएका छन्।

हिले एसियाका ४० टिमबीच आठ समूहमा प्रतिस्पर्धा भइरहेको छ। यी आठ समूहका शीर्ष टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् भने एसिया कपमा सिधै छनोट हुनेछन्। आठ समूहका उत्कृष्ट चार टिम पनि विश्वकप छनोटको तेस्रो चरणमा पुग्दा एसिया कपमा पनि छनोट हुनेछन्।

आठ समूह मध्ये समूह ‘सी’ को भिडन्त रोचक देखिएको छ। समूह ‘सी’ मा इराकसहित बहराइन, इरान, हङकङ र कम्बोडिया छन्।

यो समूहमा पाँच पटक फिफा विश्वकपमा सहभागी भइसकेको तीन पटकको एसियन च्याम्पियन इरान तेस्रो स्थानमा रहेको अवस्था छ। उसले चार खेलमा ६ अंक मात्र जोड्न सकेको छ।

शीर्ष स्थानमा इराक छ। इराकले समूहका पाँच मध्ये ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ११ अंक जोडेको छ।

इराकले एसियाको उत्कृष्ट टिम मध्येको एक इरानलाई २-१ ले पराजित गर्दा कोम्बोडियालाई ४-० र हङकङलाई २-० गोलले पराजित गरेको थियो। बहराइनसँगका दुवै खेल भने बराबरीमा सकिएका थिए।

अब बाँकी रहेका तीन खेलमा उत्कृष्ट नतिजा निकाल्दै इराक विश्वकप छनोटको तेस्रो चरण र एसिया कपमा छनोट हुने योजनामा छ।

पछिल्ला वर्षमा उत्कृष्ट नतिजा निकालेको इराकबिरुद्ध नेपाली टिम शनिबार राति सवा दश बजे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ।

इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।

छनोटमा समूह ‘बी’ रहेको नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।

समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।

नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।

नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।

नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्