१० गोल हान्दै जापान पुग्यो विश्वकप छनोटको तेस्रो चरणमा

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत जापानले अर्को फराकिलो जित हात पारेको छ।
दोस्रो चरणअन्तर्गत शुक्रबार लगातार छैटौं जित निकाल्ने क्रममा जापानले म्यानमारमाथि १०-० को जित निकाल्यो।
जितसँगै जापान दुई खेलअघि नै विश्वकपको तेस्रो चरणमा पुग्नका साथै एसियन कप २०२३ मा छनोट भएको छ।
जापानका लागि युया ओसाकाले पाँच गोल गरे। उनले खेलको २२ मिनेटमा पहिलो गोल गर्दा ३० मिनेटमा पेनल्टीबाट दोस्रो गोल गरे। यस्तै उनले खेलको ३६, ४९ र ८८ मिनेटमा गोल थपे।
मिनामिनोले आठौं र ६६ मिनेटमा गरी दुई गोल गरे। यस्तै थप गोल मोरिताले ५७ मिनेटमा, कामदाले ८४ र इताकुराले दोस्रो हाफको इन्जुरी टाइममा गरे।
समूहमा जापानले अहिलेसम्म ३७ गोल गर्दा अहिलेसम्म गोल खाएको छैन। अघिल्लो खेलमा जापानले मंगोलियालाई १४-० गोलले पराजित गरेको थियो।
समूह ‘एफ’ रहेको जापानले ६ खेलबाट १८ अंक जोडेको छ। दोस्रो स्थानको ताजकिस्तानको दुई खेलअघि १० अंक भएकाले जापानको समूहमा शीर्ष स्थान पक्का भएको हो।
शुक्रबार घरेलु मैदानमा भएको खेलमा जापान म्यानमारमाथि हाबी बनेको थियो।