Logo

‘गुराँस’ ले जित्यो १४ लाखको स्क्रिप्ट फन्ड


काठमाडौं । सौरभ राईको निर्देशन रहने चलचित्र ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने चलचित्रले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो ।

नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । आइसफल प्रमुख रामकृष्ण पोखरेलले खबर पुष्टि गरेका छन् । चलचित्रले १४ लाख बराबर रकम प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ । हुबर्ट बल्सले ‘गुराँस’ सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तानलगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो ।

पोखरेलका अनुसार कालिम्पोङ मुल थलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो । विश्वका थुप्रै फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मको वल्र्ड प्रिमियर भने नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा भएको थियो । त्योभन्दा अघि उनले बनाएको सर्ट फिल्म ‘गुँड’ क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो ।
निर्माता पोखरेलले चलचित्रमा दुई वर्षदेखि काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए । “सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवाको फिल्म बजारमा भएको थियो । बीचमा उनले फिल्मको आइडिया सुनाए र मन परेपछि मिलेर गरौँ भनेर हामीबीच सहमति थियो । सोही अनुसार काम भइरहेको छ,” पोखरेलले भने, “यो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं । अर्को साल फ्लोरमा जाने सोचमा छौँ ।”

आइसफलसँगै फिल्म निर्माणमा सञ्जय गुलाटी र क्राउलिङ एन्जलको पनि सहकार्य रहनेछ । निर्देशक राईले फिल्मको स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताएका छन् । आइसलफ प्रोडक्सनले यसअघि निर्माण गरेको फिल्म ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा रहेको छ । सुजित बिडारी निर्देशित यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्