Logo

यास् चक्रवातको प्रभावको कारण नेपालको लगभग सबै स्थानमा मध्यम वर्षा: आइतवारसम्म जारी रहने पूर्वानुमान


मुन्धुमस्टार डटकम – बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले गर्दा नेपालका लगभग सबै स्थानमा शुक्रवार हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

खासगरी भारतको पूर्वी राज्यहरू र बाङ्ग्लादेशका कतिपय स्थानमा यास् चक्रवातले ठूलो जनधनको क्षति निम्त्याएका विवरण आएका छन्।

नेपालको प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र  प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा, उच्च वेगको हावाहुरी र १/२ स्थानमा निकै ठूलो वर्षाको सम्भावना रहनुको साथै गण्डकी, वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली, पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात वा वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि र पर्सिसम्मै देशका कतिपय स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाण्डू उपत्यकामा अहिलेको जस्तो निरन्तर झरी नपरे पनि आइतवारसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्