Logo

चर्चित युवा गायक तथा संगीतकार जनम थुलुङ रहेनन


शान्ती नाछिरिङ

काठमाण्डौ – चर्चित युवा गायक तथा संगीतकार जनम थुलुङकोअसामयिक निधन भएको छ । केहिदिन अघिदेखी बिरामी भएर काठमाण्डौको एक हस्पिटलमा उपचारत थिए ।

एक दशकभन्दा धेरै समयदेखी नेपाली सांगीतिक क्षेत्रमा एक चम्किलो ताराको रुपमा रहेका थिए । गायक तथा संगीतकार जनम थुलुङले ‘तिमीलाई हेरी’, ‘खुवालुङ’, ‘माम पाप’, ‘रोक्नी वो च्योमीम’, ‘झापा कोङ्ङा दुमु बसि’, ‘बाकी बाकी स्यो’, ‘हम बोमु झाम गुइ’, ‘सिगानी मायालु’, ‘मरे कटुन्जे’ आदी दर्जनौ गीतमा स्वर र संगीत गरेका छन ।

बरिष्ठ गायक तथा संगीतकार शम्भु राईले सामाजिक सञ्जालमा लेखेका छन, ‘आज एक बिहानै सारै नराम्रो नमिठो समाचर सुन्दा, देख्दा निशब्द भएकोछु,  एउटा असल कुसल कलाकार गुमाउदा धेरै दुख्ख लागेकोछ हार्दिक श्रद्धाञ्जली मेरो प्यारो भाई ।’

साहित्यकार तथा मदन पुरस्कार विजेता राजन मुकारुङले सामाजिक सञ्जालमा लेखेका छन, ‘निर्मम भएको होइन । खासमा श्रध्दाञ्जली लेख्न आँट आउँदैन । काँतर भैएको छ र ढाडस चाहिएको छ, यति बेला ।’

भाषाशास्त्री तथा उपप्राध्यापक डा. तारामणि राईले सामाजिक सञ्जालमा लेखेका छन, ‘जनम भाइ, कसरी विश्वास गरौं ? किरात राई लेखक संघका अध्यक्ष एवम् कवि र गीतकार, मेरो अनन्य मित्र खुक्सङ खम्बुको भाइ, उम्दा र प्रतिभाशाली गायक जनम थुलुङको निधनको खबरले मर्माहत छु । भाइको आत्माले कटुन्जेमा बास पाओस् । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना !!’

युवा संगीतकार आशकुमार राईले सामाजिक सञ्जालमा लेखेका छन, ‘त्यो कुरा त झुठ हो भनेर भोलि बिहानै सुन्न पाईयोस। जुन कुराले आज दिमाग हल्लाई रहेको छ।’

गायक तथा संगीतकार जनम थुलुङले ‘खुवालुङ’ गीति भिडियो निर्माण गर्ने केहि समयअघी बताएको थियो । भर्खरै थुलुङ राई भाषाको गीति भिडिओ ‘माम पाप’ बजारमा ल्याएका थुलुङले खुवालुङ गीति भिडियो निर्माण गर्ने भएका थिए, उक्त भिडियोको बजारमा निर्क चर्चा रहेको थियो ।

 

‘खुवालुङ’गीत

खुवालुङ ! खुल, खुल, खुल !
नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाईला
नलागोस है मलाई ठेस, चाँडै पुगी हेर्नू छ किरातीको देश !

सुनकोशी पछ्याई जाने तिलुङ वाम्बुले
सहि बाटो हिँड्दै छन कि कतै अल्मलिए?
लिखु खोलै-खोला जाने जिरेल, सुनुवार
लोहरुङ, याम्फु आठपहरे सबै बराबर
अरुण खोला तरी जाने बान्तावा र मेवाहाङ
कैले भेट्ने होला कठै ! माया लाग्छ झन

दुधकोशी पछ्याई जाने बाहिङ, थुलुङहरु
पैले जस्तै छन कि अझै प्रगती गरे अरु?
चोमोलुङमा ताकी जाने कुलुङ, खालिङहरु
कहाँ पुगेरु कि कतै अभरमा परे?
मेरै काखमा हाँस्दै-खेल्दै फैलिएका मेरा सन्तान
साह्रै सुर्ता लाग्छ बरै ! शान्त छैन मन

रावा खोला पछ्याई जान्छु नाछिरिङ कोयुलाई हेर्न
के-कस्ता छनरु हतार भयो साम्पाङ, दुमी भेट्न
साप्सु खोला सेरोफेरो चाम्लिङ खिम बास बस्नु पर्ला
त्यही बेला पुमाको नि दुखम-सुखम सोध्नु पर्ला
मेरै काखमा हाँस्दै खेल्दै फैलिएका मेरा सन्तान
सन्चो- बिसन्चो कस्तो ? ऐले के गर्दै छन?

खुवालुङ : मिथक अनुसार किराती राई जातिका सन्तानहरु बर्तमान मैदान चतराबाट नदी पछ्याउँदै उँभो पहाडतिर उक्लँदा बाटै छेकिने गरि बीच बाटोमा ठूलो ढोका देखा पर्‍यो । यहि ढोकालाई खुवालुङ भनिन्छ । मुन्दुम फलाकेर विभिन्न जीवजन्तु, चराचुरुङ्गीको भोक दिएर आ-आफ्नो शक्तीले खुवालुङ खोली कोहि अरुण,कोहि लिखु,कोहि दुधकोशी, कोहि सुनकोशी नदीलाई पछ्याउँदै राईहरु अघि बढे भनिन्छ । अहिले पनि आफुले पछ्याई गएको नदी आसपास नै उनिहरुको सघन बसोबास रहेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्