Logo

नयाँ ढंगको पार्टी निर्माणको प्रश्न


डा. बाबुराम भट्टराई

“मानिसहरुले आफ्नो चिन्तनलाई बदलिएको परिस्थिति अनुरुप ढाल्नुपर्दछ। निश्चय नै कसैले पनि यथार्थलाई उपेक्षा गर्न र कल्पनाको हवाई उडान गर्न हुदैन, न त बस्तुगत स्थिति असुहाउँदो कार्ययोजना बनाउन वा असम्भवलाई ताक्न हुन्छ। परन्तु आज समस्या यस्तो छ कि दक्षिणपन्थी रुढिवादी चिन्तनले अझै पनि धेरै क्षेत्रहरुमा गड्बडी मच्चाइरहेको छ र ती क्षेत्रहरुको कामलाई बस्तुगत स्थितिको विकास सँगसँगै अघि बढ्न बाधा दिइरहेको छ। अहिलेको समस्या यो हो कि धेरै मान्छेहरु आफूले अलि बल गरेपछि पूरा गर्न सकिने कुरालाई पुरा गर्न असम्भव ठान्छन्। त्यसैले दक्षिणपन्थी रुढिवादी विचारको आलोचना जारी राख्न जरुरी छ, जो साँच्चै नै विद्यमान छ।” (माओत्सेतुङ, छानिएको रचनाहरु (अंग्रेजी) भाग ५, १९५५, पृ.२४)

१. प्रारम्भिकी

सर्वहारावर्गको अग्रदस्ताको रुपमा कम्युनिष्ट पार्टी र उसको नेतृत्वमा रहने जनसेना र क्रान्तिकारी संयुक्त मोर्चालाई क. माओलगायतका अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनका अग्रजहरुले क्रान्तिका तीन जादूगरी हतियार भन्नुभएको छ। सर्वहारावादी क्रान्तिका ध्येय समाज विकासका विभिन्न चरण अनुरुप क्रान्तिका पनि विभिन्न चरणहरु, जस्तै नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति र सर्वहारा साँस्कृतिक क्रान्ति हुदै वर्गविहिन र राज्यविहिन (वा सत्ता विहिन) साम्यवादसम्म पुग्ने भएकाले यी तीन हतियार वा साधनलाई ‘क्रान्तिको साधन’ का साथसाथै सत्ताका साधन पनि भन्न सकिन्छ र भन्नुपर्ने हुन्छ। ‘क्रान्ति’ भनेको पहिलो चरणमा पुरानो (वा सामन्त र पूूजिवादी) सत्ताको ध्वंस, दोस्रो चरणमा अन्तरिम सत्ताको अर्थमा र सर्वहारा अधिनायकत्व (वा जनताको जनवादी अधिनायकत्व) को रुपमा नयाँ सत्ताको निर्माण र तेस्रो चरणमा सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको रुपमा सम्पूर्ण सत्ताको क्रमिक विलोपीकरण र साम्यवादको प्राप्ति हो। त्यसैले ती तीनवटै चरणमा यी तीनवटा साधनको ‘ध्वंस’, निर्माण र पुन: ध्वंस (वा क्रान्ति, सत्ता र पुन: क्रान्ति) को साधनको रुपमा काम गर्दछन् र गर्नुपर्छ। विश्व सर्वहारावादी क्रान्तिका आजसम्मको तीन महान ऐतिहासिक कोसेढुंगाहरु, पेरिस कम्युन (१८७१), महान् रुसी अक्टुवर क्रान्ति (१९१७) र महान् चिनीया सर्वहारा साँस्कृतिक क्रान्ति (१९६६-१९७६), का अनुभवहरुले यो कुरालाई पुष्टि गरिसकेका छन् कि अन्तत: पार्टी, सेना र मोर्चा, र तिनका पनि मुख्यत: पार्टीको चरित्र क्रान्तिकारी रहन्छ कि रहन्न भन्ने कुराले नै कुनै पनि देशको क्रान्ति सफल हुन्छ कि हुन्न र क्रान्ति पश्चात् त्यो दिगो रहन्छ कि रहन्न भन्ने टुंगो लगाउँछ। त्यसैले गत डेढसय वर्षका अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनका सकारात्मक र नकारात्मक अनुभवहरु अर्थात् क्रान्ति र प्रतिक्रान्तिका नयाँ ढंगको पार्टी निर्माणको प्रश्न

अनुभवहरुको आलोकमा हामीले नयाँ शिराबाट पार्टी, सेना र मोर्चा निर्माणको प्रश्नलाई केलाउनु जरुरी भएको छ। हाम्रो पार्टी नेकपा (माओवादी) को गत २०५७ माघ-फागुनमा सम्पन्न ऐतिहासिक दोस्रो राष्टि्रय सम्मेलनले मार्क्सवाद लेनिनवाद माओवादका सार्वभौम सिद्व‍ान्तहरुलाई नेपालको ठोस वस्तुगत स्थितिमा प्रयोग गर्ने सिलसिलामा आजसम्म विकास भएको विचार श्रृंखलालाई ‘प्रचण्डपथ’ को रुपमा संश्लेषण गर्ने क्रममा यही नयाँ ढंगको पार्टी, सेना र मोर्चा निर्माणको प्रश्नलाई केन्द्रविन्दुमा राखेको कुरा यहाँनेर विशेष स्मरणीय छ।

आखिर ‘नयाँ ढंग’ को पार्टी, सेना र मोर्चा निर्माण भनेको के हो? बीसौं शताब्दीको प्रारम्भमा सुधारवाद र संसदीय दलदलमा फसिरहेका तत्कालिन विश्व (मुख्यत: यूरोप) का कम्युनिष्ट पार्टीहरुलाई सशस्त्र क्रान्तिको नेतृत्व गर्न लायक जुझारु पार्टीमा रुपान्तरण गर्ने सन्दर्भमा सर्वप्रथम लेनिनले नयाँ ढंगको पार्टीको चर्चा गर्नु भएको थियो र पछि साठीको दशकमा खु्रश्चोभी आधुनिक संशोधनवादको चपेटामा परेका पार्टीहरुसँग निर्णायक सम्बन्ध विच्छेद गर्दै नयाँ क्रान्तिकारी पार्टीहरु निर्माण गर्ने सिलसिलामा पुन: माओले नयाँ ढंगको पार्टीको प्रश्न अगाडि ल्याउनु भएको थियो। १९७६ मा माओको निधनपश्चात चीन लगायत विश्वभर नै प्रतिक्रान्ति भएर अहिले एक्काइसौं शताब्दीको शुरुमा पुन: नयाँ शिराबाट सर्वहारा क्रान्तिको लहर उठन थालेको स्थितिमा सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले फेरि एकपटक मालेमामा आधारित सेना मोर्चा निर्माणको प्रश्नलाई नयाँ शिराबाट उठाउनु विल्कुल स्वाभाविक र आवश्यक भएको छ। खासगरी कम्युनिष्ट पार्टी (सेना तथा मोर्चा वा सत्तँ) भित्रैबाट नयाँ पूूजिपतिवर्ग जन्मेर सर्वत्र प्रतिक्रान्ति भएको सन्दर्भमा अब ‘नयाँ ढंग’को पार्टी, सेना र मोर्चा भन्नुको अर्थ क्रान्तिको दिशामा अघि बढाउन सक्षम पार्टी, सेना र मोर्चा भन्ने बुझ्नु पर्दछ। अर्थात अबको नयाँ सन्दर्भमा तीन जादूगरी हतियारको कुरा गर्दा नयाँ जनवादी र समाजवादी क्रान्तिको हतियारको अर्थमा मात्र नभएर शुरुदेखि नै सर्वहारा साँस्कृतिक क्रान्तिको हतियारको रुपमा समेत तीन साधनको विकास गर्ने कुरा बुझ्नु पर्दछ। किनकी वर्तमान साम्राज्यवादी विश्वसन्दर्भमा नयाँ जनवादी (वा पूूजिवादी जनवादी), समाजवादी र सर्वहारा साँस्कृतिक क्रान्ति एकअर्कासँग अन्तरसम्बन्धित र अविभाज्य हुन्छन् र नयाँ जनवादी तथा समाजवादी क्रान्ति (वा निरन्तर क्रान्ति) लाई संस्थागत गरेर मात्रै सर्वहारावादी क्रान्ति सम्पन्न गर्न, त्यसलाई रक्षा तथा सुदृढ गर्न र अन्तत: प्रतिक्रान्ति रोक्न सम्भव हुन्छ भन्ने गत डेढसय वर्षको अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनको अनुभव र मालेमावादी विज्ञानले पुष्टि गरेको छ।

यहाँनेर शुरुमा नै प्रष्ट हुनुपर्ने अर्को विषय के हो भने नयाँ ढंगको पार्टी, सेना र मोर्चा निर्माणको कुरा गर्दा हामीले यी तीनवटा साधनलाई छुट्टाछुट्टै ढंगले विकास गर्ने एकअर्कासँग असम्बन्धित ढंगले विकास गर्ने नभएर तीनवटैलाई एकीकृत र अन्तरसम्बन्धित ढंगले निर्माण गर्ने कुरा बुझ्नु पर्दछ। अझै स्पष्ट शब्दमा भन्नु पर्दा पार्टीलाई मूल केन्द्रविन्दुमा राखेर त्यसको नेतृत्व र निर्देशनमा सेना र सेनाको आड वा बलमा संयुक्त मोर्चा निर्माण गर्ने अथवा तिनलाई मानवशरीरको क्रमश: मष्तिष्क, मेरुदण्ड र मांसपेशीको रुपमा लिएर समष्ट शरीरको संकेन्द्रित निर्माण गर्ने अर्थमा ग्रहण गर्नुपर्दछ, जसमा पार्टी र मष्तिष्कको सर्वोच्च र निर्णायक भूमिका हुने स्वत: सिद्व‍ छ। साथै पार्टी, सेना र मोर्चालाई प्राधिकार वा सत्ताका तीन भिन्दाभिन्दै तर अन्तरसम्बन्धित रुप अर्थात क्रमश: बैचारिक सत्ता, भौतिक (फौजी) सत्ता र प्रशासनिक (व्यवस्थापकीय) किनकि त्यसरी मात्रै तिनिहरुले सर्वहारावादी क्रान्तिका माथि उल्लेखित तीन मुख्य चरणहरुमा ध्वंस, निर्माण र पुन: (विलोपीकरण) को भूमिका ठीकसँग निर्वाह गर्नेछन् र अन्तत: स्वयं नै विलोप हुनेछन् भन्ने कुरालाई ठीकसँग आत्मसात गर्न सकिनेछ।

नयाँ ढंगको पार्टी र सत्ताको कुरा गर्दा हामीले यसबारे अन्तर्राष्टि्रय र हाम्रो आफ्नै देशको कम्युनिष्ट आन्दोलनमा उठ्दै आइरहेका केही सैद्धान्तिक प्रश्नहरुबारे प्रारम्भमा नै केही स्पष्टता हासिल गर्नु जरुरी हुन्छ। अन्य विविध प्रश्नहरुमा झै पार्टी र सत्ताको असाध्यै महत्वपूर्ण प्रश्नमा क्रान्तिकारी मालेमावादको विरुद्धमा खडा हुदै आइरहेका दुईवटा प्रमुख भट्काववादी प्रवृत्तिहरु भनेका अराजकतावाद र संशोधनवाद (सुधारवाद, अवसरवाद) हुन्। निम्न पूूजिपति वर्गकै क्रमश: वाम र दक्षिण कोणबाट प्रस्तुत हुने यी दुई प्रवृत्तिहरुमध्ये आन्दोलनको विकासको चरण र दुश्मनको आन्दोलनप्रतिको रणनीति अनुसार कहिले अराकतावाद त कहिले संशोधनवाद प्रमुख समस्याको रुपमा देखापर्ने गर्दछन्। अराजकवादको मुख्य विशेषता भनेको वर्गीय विकासको सापेक्षता र ऐतिहासिक आवश्यकतालाई नजरअन्दाज गर्दै पार्टी र सत्ताको आवश्यकतालाई इन्कार गर्नु र एकैचोटी मनोगत ढंगले राज्यविहीनता र स्वतन्त्रताको दुनियामा पुग्न खोज्नु हो। अर्कोतिर संशोधनवादले समाजमा निरन्तर विकासवान् नयाँ अन्तरवस्तुलाई देख्न नसकी पुरानै बाहिरी रुपहरुबाट प्रभावित भएर आवश्यकताको दुनियाँको बढाचढाई पक्षपोषण गर्छ र पार्टी तथा सत्ताको हकमा पनि पुरानै वर्गविभाजित समाजको सेरोफेरोभन्दा अगाडि बढ्ने किसिमले सोच्न सक्दैन। तदनुरुप संशोधनवादले सर्वहारावर्गीय पार्टी र सत्ताको चरित्र पुराना पूूजिवादी पार्टी र सत्ताभन्दा गुणात्मक रुपले भिन्न हुने (मार्क्सको शब्द, शब्दको वास्तविक अर्थ अनुरुप सत्ता नै होइन) तिनीहरुको प्रवृत्ति स्वयंमा अस्थायी र संक्रमणकमालिन हुने र क्रमिक विलोपीकरण हुदै जाने कुरालाई आत्मसात गर्न सक्दैन र सर्वहारावादी पार्टी र सत्तालाई गतिहिन जडवस्तुमा परिणत गरी दिन्छ। परिणामत: त्यसले सर्वहारावर्गीय पार्टी र सत्ता पुन: पूूजिवादी पार्टी र सत्तामा पतन भएको र क्रान्तिकारी कम्युनिष्ट आन्दोलन पुन: नयाँ ढंंगले उठ्न लागेको स्थितिमा आन्दोलनभित्र छिटफुट रुपमा अराजकतावादको समस्या देखा पर्ने गरेपनि असाध्यै प्रवल र प्रधानरुपमा संशोधनवादको समस्या नै विद्यमान रहेको स्वत: स्पष्ट छ। फेरि संशोधनवादको आम वर्गीय स्रँेता र प्रकृति एउटै भएपनि इतिहासका विभिन्न चरणहरुमा र कुनै देशको ठोस स्थितिमा त्यसका रुपहरु फरक फरक हुने गर्दछन्। त्यस हिसाबले वर्तमान विश्वमा र नेपालमा सर्वहारावादी पार्टी र सत्ताका रुप र सार दुवै परित्याग गर्ने खु्रश्चोभपन्थी नांगो संशोधनवाद एकातिर रहेको छ भने अर्कोतिर सारलाई छोडेर रुप मात्र अूठ्याएर बस्ने होक्जापन्थी जडसूत्रीय-संशोधनवाद विद्यमान छ। क्रान्तिकारी कित्ताभित्रकै मात्र कुरा गर्दा क. स्टालिनको नेतृत्वमा रहेको कोमिन्टर्नको बेेला विकसित पार्टी र सत्तासम्बन्धी एकमनावादी भट्काववादी प्रवृत्तिहरुका विरुद्ध क. माओको नेतृत्वमा महान् सर्वहारा साँस्कृतिक क्रान्तिकालमा विकसित पार्टी र सत्तासम्बन्धी मालेमावादी अवधारणावादी निर्माणसम्बन्धी अनुभवहरुको संक्षिप्त ऐतिहासिक सिंहावलोकन गर्नु उपयुक्त हुनेछ।

२. १ ऐतिहासिक सिंहावलोकन

(क) अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनको अनुभव:

सन् १९४८ मा प्रकाशित प्रसिद्ध कम्युनिष्ट पार्टीको घोषणा पत्रमा मार्क्स र एंगेल्सले कम्युनिष्टहरुलाई ‘श्रमिक वर्गको पार्टीका सबभन्दा अग्रणी र दृढ तप्का’ भनेर परिभाषित गरेपनि त्यसमा पार्टी निर्माणसम्बन्धी कुनै मूर्त खाका पाइदैन। सर्वहारावादी आन्दोलनको त्यो प्रारम्भिक चरणमा विशेषत: पश्चिमी यूरोप र अमेरिकामा स्व:स्फूर्त ढंगले गठित कम्युनिष्ट पार्टीहरु साना साना गुटमा मात्र सीमित थिए। सन् १८७१ को ऐतिहासिक पेरिस कम्युन कम्युनिष्ट पार्टीहरुको सचेत नेतृत्वमा भन्दा पनि अराजकवादी ब्लांकीपन्थीहरुको प्रभावमा रहेेका मजदूरहरुको स्वतस्फूर्र्त विद्रोहको कार्वाहीमा जोड गर्ने ब्लांकी, वाकुनिन आदी अराजकतावादीहरुको बढी प्रभाव थियो। पेरिस कम्यूनको असफलताको विविध कारणमध्ये एउटा मुख्य कारण सचेत र संगठित पार्टी नेतृत्वको अभाव रेहको निष्कर्ष निकाल्दै त्यसपछि मार्क्स र एंगेल्सले पार्टी संगठनको महत्वमाथि बढी जोड दिनु भएको थियो जुन प्रथम कम्युनिष्ट अन्तर्राष्टि्रयको सेम्टेम्बर २-७, १८७२ मा हेगमा भएको महाधिवेशनमा मार्क्स र एंगेल्सद्वारा प्रस्तुत बहुमतद्वारा पारित अन्तर्राष्टि्रयको नियमावलीमा थपिएको निम्न धारा ७ बाट प्रष्ट हुन्छ :

“सम्पत्तिवान वर्गद्वारा स्थापित सबै पुराना पार्टीहरुको विरुद्धमा आफूलाई एउटा छुट्टै राजनैतिक पार्टीको रुपमा संगठित गरेर मात्र सम्पतिवान वर्गका संयुक्त शक्ति विरुद्धको आफ्नो संघर्षमा सर्वहारावर्गले एउटा वर्गको रुपमा कार्य सम्पन्न गर्न सक्दछ।”

(“सामाजिक क्रान्तिको विजय र त्यसको अन्तिम ल73य, वर्गहरुको उन्मूलन, को प्राप्तिलाई सुनिश्चित गर्न सर्वहारावर्गले यसरी राजनैतिक पार्टीको रुपमा, संगठित हुनु अपरिहार्य छ।” (मार्क्स-एंगेल्स, अराजकतावाद र अराजकतावादी संघवाद (अंग्रेजी) पे ८५)

यसरी तत्कालिन क्रान्तिको विजयको साथसाथै वर्गहरुको उन्मूलनको अन्तिम ल73य प्राप्तिको निम्ति सर्वहारावर्गले आफूलाई पार्टीको रुपमा संगठित गर्नुपर्ने अवधारणा मार्क्सवादी विज्ञानका प्रतिपादकहरुद्वारा विकसित गरियो। परन्तु त्यसपछि उन्नाइसौं शताब्दीको अन्त्यसम्म क्रान्तिकारी परिस्थिति सामान्य उतारको अवस्थामा रहेकाले सर्वहारावर्गीय पार्टीहरु साना साना गुटहरुमा सीमित रहने र जर्मनीलगायतका सापेक्षरुपले ठूला पार्टीहरु चाहि संसदीय कार्यशैली अनुरुप ढिलाढाला र विश्रृंखलित प्रकृतिको अवस्थामा रहने स्थिति बनिरह्यो।

बीसौं शताब्दीको शुरुवातसँगै साम्राज्यवादको संकट चर्केर सर्वहारावादी क्रान्तिको लहर पुन: नयाँ शिराबाट उठन थालेपछि र त्यसको केन्द्र रुस बन्दै गएपछि लेनिनले तत्काल कम्युनिष्ट आन्दोलनमा विद्यमान अराजकतावाद, अर्थवाद, दक्षिणपन्थी विसर्जनवाद आदि प्रवृत्तिविरुद्ध भीषण अन्तर संघर्ष चलाएर सशस्त्र क्रान्तिको नेतृत्व गर्न लायक नयाँ ढंगको जुझारु पार्टीको अवधारणा विकसित गर्नुभयो। त्यस्तो नयाँ ढंगको पार्टी ट्रेड युनियनवादी मजदूर संगठन जस्तो नभएर पेशेवर क्रान्तिकारीहरुको सचेत र संगठित राजनैतिक अग्रदस्ता हुनुपर्ने र भीषण गृहयुद्व‍को विशिष्ठ तथा ठूलो पैमानाको समाजवादी अर्थतन्त्रको निर्माणको आवश्यकता अनुरुप त्यो पूरै केन्द्रिकृत ढाँचाको हुनुपर्ने कुरा वहाँका प्रसिद्ध रचनाहरु के गर्ने र एक कदम अगाडि, दुई कदम पछाडि”मा संश्लेषित गरिएका छन्। मेन्सभिक र दोस्रो अन्तर्राष्टि्रयका अवसरवादीहरुले दक्षिणपंथी विसर्जनवादी कोणबाट त्यस्तो अवधारणाको तीब्र विरोध गरे भने रोजा लग्जेम्वर्गहरुले वामपन्थी कोणबाट हेर्नुहोस्, रोजा लग्जेम्वर्ग “रुसी सामाजिक जनवादका संगठनात्मक प्रश्नहरु” १९०४) पार्टीको अति केन्द्रीकृत ढाँचाको अन्तत: नोकरशाही विसंगतिहरु जन्माउन सक्ने कुराप्रति सतर्क गराए। परन्तु अक्टोवर क्रान्तिको सफलता सँगसँगै वोल्सेभिक पार्टीको त्यो संगठनात्मक ढाँचा विश्वभरीका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको साझा संगठनात्मक ढाँचा बन्न पुग्यो। नेतृत्वमा सन् १९१९ मा स्थापित तेस्रो अन्तर्राष्टि्रय (कोमिन्टर्र्न)को सन् १८२०मा सम्पन्न दोस्रो महाधिवेशनमा लेनिनद्वारा प्रस्तुत तथा पारित कोमिन्टर्नमा प्रवेशका शर्तहरुको निम्न बुूदाबाट सो संगठनात्मक ढाँचाको यथेष्ठ झल्को मिल्दछ:

(“कोमिन्टर्नमा आवद्ध पार्टीहरु जनवादी केन्द्रीयताको सिद्धान्त अनुरुप संगठित हुनुपर्दछ। तीब्र गृहयुद्धको यो अवधिमा एकदमै केन्द्रीकृत ढंगले संगठित भएका, फौजी अनुशासनको मिल्दोजुल्दो हुनेगरी फलामे अनुशासन कायम गरेमा, र व्यापक शक्तिले युक्त तथा सदस्यहरुको पूर्ण विश्वास प्राप्त बलियो र प्राधिकारपूर्ण पार्टी केन्द्र भएमा मात्र कम्युनिष्ट पार्टीहरुले आफ्नो कर्तब्य निर्वाह गर्न सक्नेछन्।” (लेनिन, संकलित रचना, भाग ३९ अंग्रेजी)

लेनिनको मृत्युपछि स्टालिनले पार्टीसम्बन्धी लेनिनवादी प्रस्थापनाहरुलाई आफ्नो प्रसिद्ध रचना “लेनिनवादका समस्याहरु” मा व्यवस्थित ढंगले प्रस्तुत गर्नुभयो र पार्टीलाई “सर्वहारावर्गको जनरल स्टाफ” का रुपमा परिभाषित गर्नु भयो। दोस्रो विश्वयुद्ध अघि र पछिको विश्वव्यापी भीषण क्रान्तिकारी उथलपुथलको अवधीमा कान्तिकारी युद्धको नेतृत्व गर्ने र समाजवादको निर्माण गर्ने (जुन स्वभावैले योजनाबद्ध र केन्द्रीकृत प्रकारको हुन्छ) बस्तुगत आवश्यकता पूर्तिको हिसाबले पार्टीको त्यो अति केन्द्रीकृत र फौजीकृत ढाँचा आवश्यक र अनिवार्य बन्न गयो र कोमिन्टर्न मार्फत् त्यो विश्वभर निर्बिवाद रुपले स्थापित भयो। परन्तु, पछि माओले भन्नु भए झै स्टालिनमा रहेका केही अधिभूतवादी कमजोरीका कारणले पार्टीलाई विपरितहरुको एकत्व र अन्तरविरोधहरुको पुन्जका रुपमा बुझनु भन्दा पनि एकमनावादी/एकशिलावादी र समरुप बस्तुको रुपमा बुझ्न थालियो र पार्टीलाई वर्ग र जनसमुदायको संलग्नता र निगरानीमा निरन्तर सर्वहाराकृत गर्दै लैजाने संयन्त्र र प्रक्रियाको अभावमा पार्टीभित्र नयाँ नोकरशाही पूजीपति वर्ग जन्मने र हुर्कने वातावरण बन्दै गयो। फलस्वरुप स्टालिनको मृत्युपछि पहिले कोमिन्टर्नमा आबद्ध वा त्यसको ढाँचामा निर्मित अधिकांश पार्टीहरु भीमकाय नोकरशाही संयन्त्रमा पतन हुन थाले र त्यही भित्रैबाट प्रतिक्रान्तिकारी खु्रश्चोभहरु देखा पर्न थाले। यसरी तत्कालिन क्रान्ति र समाजवाद निर्माणको आवश्यकतामाथि मात्र एकपक्षीय जोड दिदै र अन्तिम ल73यलाई नजरअन्दाज गर्दै विकसित गरिएको पार्टीको ढाँचाको सीमा स्टालिन र कोमिन्टर्नका अनुभवहरुबाट प्रष्ट भयो।

त्यो स्थितिमा अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनमा पार्टी निर्माणसम्बन्धी विवाद पुन: नयाँ शिराबाट उठ्नु विल्कुल स्वाभाविक बन्यो। एकतिर, नांगो दक्षिणपन्थी संशोधनवादी कोणबाट खु्रश्चोभले मार्क्सवादको पार्टीसम्बन्धी वर्गीय अबधारणालाई पूरै तिलान्जली दिंदै सम्पूर्ण जनताको पार्टीको अबधारणा अघि सारेर कम्युनिष्ट पार्टीलाई वस्तुत: बुर्जुवा पार्टीमा पतन गरायो, जसलाई पछि केही भिन्न रुपमा ‘यूरो कम्युनिष्ट’हरुले निरन्तरता दिए। अर्कोतिर, होक्जाको नेतृत्वमा विगतका कमीकमजोरीहरुबाट सिक्न इन्कार गर्ने मात्र होइन वस्तुको रुप पक्षलाई मात्र अठ्याएर कमजोरीहरुको उल्टै आदर्शीकरण गर्ने र पार्टीसम्बन्धी एकमनावादी गलत चिन्तनलाई जारी राख्ने जडसूत्रीय संशोधनवादी वा रुढिवादी प्रवृत्ति पनि अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनमा रहिरह्यो। यी दुवै भट्काववादी प्रवृत्तिका विरुद्ध संघर्ष गदर्ैै माओले सन् १८५६ देखि सामान्यरुपमा र महान सर्वहारा सांस्कृतिक क्रान्तिकाल (१८६६-७६) मा मुख्य रुपमा नयाँ जनवादी समाजवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादको निर्माण गर्ने मात्र होइन अन्तिम लय निम्ति निरन्तर क्रान्ति जारी राख्ने हतियारको रुपमा नयाँ ढंगको पार्टीको अवधारणा विकसित गर्नुभयो।

सर्वप्रथम माओले सोभियत पार्टी र स्टालिनका अग्रगामी अनुभवहरुलाई दह्रोसँग पक्रने र पिछडिएका अनुभवहरुलाई परित्याग गर्ने अठोटका साथ स्टालिनको यसरी वस्तुवादी मूल्यांकन गर्नुभयो। (हामीले सधैभरी वकालत गर्दै आएको नारा अग्रगामी सोभियत अनुभवहरुबाट सिक्ने हो। उसका पछाडि परेका अनुभवहरुलाई टिप्न भनेर तपाईलाई कसले भन्यो? केही मान्छेहरु यति अविवेकी छन् कि उनीहरु रुसी पाधको वास्ना आउँछ भन्छन्। त्यो पनि मनोगतवाद हो। रुसीहरु आफै भन्छन कि त्यो गन्हाउँछ। त्यसैले हामीहरु विश्लेषणात्मक हुनुपर्दछ। हामीले अन्यत्र संकेत गसिके झै, स्टालिनको मूल्यांकन गर्दा उपलब्धीको निम्ति ७० प्रतिशत र गल्तीहरुको निम्ति ३० प्रतिशत हुनुपर्दछ।” (माओत्सेतुङ, छानिएका रचना (अंग्रेजी), भाग ५,पेज ३१७(१९६२)

त्यसपछि वहाँले तेस्रो अन्तर्राष्टि्रय र स्टालिनको पालामा अधिभूतवादी ढंगले स्थापित हुन पुगेको पार्टीसम्बन्धी धारणालाई सच्याउँदै कम्युनिष्ट पार्टी एकमनावादी र समरुप नभएर त्यो अन्तरविरोधहरुले भरिपूर्ण हुन्छ भन्ने अवधारणा अघि सार्नु भयो (हेर्नुहोस, माओ त्से तुङ,) “अन्तरपार्टी एकताबारे द्वन्द्ववादी दृष्टिकोण,” १९५७, संकलित रचना, भाग ५पेज ५१४-१६)। साथै वहाँले पार्टीलाई निरन्तर गति दिइरहन र सर्वहारा चरित्रको रक्षा गरिराख्न पार्टीमा केन्द्रीयता र जनवाद, अनुशासन र स्वतन्त्रता र संकल्पगत एकता र व्यक्तिको चित्तप्रसन्नताको द्वन्द्वात्मक सम्बन्ध कायम गर्नुपर्ने कुरामाथि अत्याधिक जोड दिनुभयो। माओद्वारा सन् १९५७ मा पहिलोचोटि परिभाषित गरिएको र पछि साँस्कृतिक क्रान्तिकालमा पार्टीको विधानमा समेत समाबेश गरिएको त्यो चर्चित परिच्छेदमा भनिएको छ : -“हामीले यस्तो राजनैतिक वातावरण सिर्जना गर्नुपर्छ जसमा दुवै, केन्द्रीयता र जनवाद, अनुशासन र स्वतन्त्रता, संकल्पत एकता र व्यक्तिको चित्त प्रसन्नता होओस र जुन जीवन्त स्फूर्तिलो होओस्।” (स्ट्रआर्ट स्क्राम (सं), माओ त्से तुङ जस्ताको तस्तै (अंग्रेजी), पेज नं.१६३(१८६२)

माओको नेतृत्वमा संचालित महान् सर्वहारा सांस्कृतिक क्रान्ति, अथवा सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको क्रममा पार्टीसम्बन्ध्ी कतिपय रुढिवादी अवधारणाहरुलाई पूर्णरुपले धरासायी पादैर्ैै नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्ने दिशामा ऐतिहासिक महत्वका सिद्धान्त र व्यवहारहरु प्रतिपादित भए। सांस्कृतिक क्रान्ति कालमा सूत्रवाक्यको रुपमा अत्याधिक प्रचारमा लगिएका विद्रोह गर्नु ठीक हो,” “बुर्जुवा मुख्यालयमाथि बम बर्षाऊ, ज्वारभाटाको विरुद्ध जानु क्रान्तिकारीता हो”, आदि नाराहरुले कतिपय परम्परागत मूल्य मान्यताहरु र खासगरी जनवादी केन्द्रीयताको संचालनसम्बन्धी रुढिवादी मान्यतासँग मेल नखाएको स्पष्टै देख्न सकिन्छ। त्यसरी नै संशोधनवादी बाटो समातेका विभिन्न तहका पार्टी कमिटिहरुलाई एउटा विशाल अभियान अन्तर्गत गैर पार्टी युवा र जनसमुदायको बाहुल्य रहेका रेड गाडर्ट कमिटी वा क्रान्तिकारी कमिटिहरुले विस्थापित गरिएको सन्दर्भले पनि पार्टीसम्बन्धी रुढिवादी बुझाईलाई जबर्जस्त धक्का दिन्छ। तत्कालिन रुसी संशोधनवादीहरु र लीउ साओची मार्काका चिनीया ख्रुश्चोभहरुले त्यो महान अभियानलाई वामपन्थी अराजकतावादी भनेर दुत्कार्ने धृष्टता समेत गरेका थिए। तर, त्यो पार्टीसम्बन्धी लेनिनवादी मान्यताहरुको उल्लंघन नभएर त्यसमा सिर्जनात्मक विकास गर्दै माओवादी मान्यतालाई जन्म दिने ऐतिहासिक घटना प्रक्रिया थियो भनेेर हामीले बुझ्न आबश्यक छ। संक्षिप्तमा भन्नुपर्दा, सांस्कृतिक क्रान्ति संशोधनवादविरुद्ध जनकार्वाही, अथवा सर्वहारा नेतृत्व अन्तर्गत जनदिशाको महान् अभ्यास थियो र त्यो बुर्जुवा विश्व दृष्टिकोणलाई बदल्ने जनसमुदायको ऐतिहासिक पहल थियो। सतही प्रकारले हेर्दा त्यहाँ परम्परावादी केन्द्रियताको अवधारणाको अबमूल्यन भए जस्तो देखिए पनि वास्तविकता त्यसको ठीक विपरित थियो। पार्टीका उच्च निकायहरुमा संशोधनवादीहरुले कब्जा जमाइसकेको स्थितिमा माओको क्रान्तिकारी प्राधिकारको अत्याधिक उपयोग गरेर पार्टी कार्यकर्ताहरु र जनसमुदायलाई ब्यूूझाउनु र संशोधनवाद विरुद्धको विद्रोहमा उतार्नु जनवादी केन्द्रियताको सिद्धान्तको विकासमा नयाँ कोसेढुंगा थियो। कुनै पनि वस्तुमा झैं नयाँ जनवादी केन्द्रीयताको पनि रुप होइन सारपक्षले प्रधानता पाउनुपर्छ भन्ने क्रान्तिकारी द्वन्द्ववादको नियमको पुष्टि थियो र कोमिन्टर्नको पालामा हावी रहेको जनवादी केन्द्रीयतासम्बन्धी यान्त्रिक भौतिकवादी वा अधिभूतवादी चिन्तनको नयाँ उचाईबाट निषेध थियो। सांस्कृतिक क्रान्तिको दौरानमा एकीकृत पार्टीको निर्माण गर्ने, माओको क्रान्तिकारी प्राधिकारलाई स्थापित गर्ने, माओको क्रान्तिकारी उत्तराधिकारीहरुको श्रृंखला निर्माण गर्न अत्यन्तै जोड दिएको प्रसंगले पार्टी वा कुनै पनि संगठनको औचित्य रहुन्जेल त्यसमा रुपले भिन्न हुन्छ भन्ने तथ्यलाई राम्ररी उजागर गरेको कुरालाई आजको युगका क्रान्तिकारीहरुले दह्रोसँग पक्रन जरुरी छ। समग्रमा, माओको नेतृत्वमा संचालित महान् सर्वहारा सांस्कृतिक क्रान्तिले पार्टी कार्यकर्ता र जनसमुदायमा संशोधनवाद र प्रतिक्रियावाद विरुद्ध हमेशा विद्रोह गर्ने भावनालाई संस्थागत गरेर क्रान्तिपछि निरन्तर क्रान्ति हुदै अन्तिम ल73यसम्म पुग्ने मार्ग प्रशस्त गरेको कुरालाई विशेष महत्वका साथ ग्रहण गर्नुपर्छ। माओको निधनपछि चीनमा पनि निरन्तर क्रान्तिको कडी टुटेको र त्यहाँ प्रतिक्रान्ति भएको घटनाले नयाँ युगका क्रान्तिकारीहरुलाई महान सर्वहारा सांस्कृतिक क्रान्ति भन्दा अघि बढेर नयाँ ढंगको पार्टी निर्माण गर्नु पर्ने दायित्व स्वत: थपेको छ।

ख) नेपाली कम्युनिष्ट आन्दोलनको अनुभव

२००७ साल (तदनुसार सन् १८४८) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन हुूदा विश्व कम्युनिष्ट आन्दोलनमा स्टालिनको क्रान्तिकारी प्राधिकार चरमोत्कर्षमा पुगेको तर चिनीया क्रान्ति भने भर्खरै विजयको संघारतिर पुग्न मात्र लागेकोले माओ भने त्यति स्थापित नभैसकेको स्थिति थियो। त्यसो हुनाले नेकपाभित्र शुरुदेखि नै स्टालिन र विघटित कोमिन्टर्नको छाप रहनु विल्कुल स्वाभाविक हो। त्यसैले नेकपाको मूल ढाँचा शुरुदेखि नै कोमिन्टर्न ढाँचासँग मिल्दोजुल्दो रहदै आएको कुरा बुझन कुनै कठिनाई हुनुहुदैन।

हाम्रो पार्टी नेकपा (माओवादी) को दोस्रो राष्टि्रय सम्मेलनले संलेश्षण गरे अनुसार नेकपाको विकासक्रम र त्यसबाट प्राप्त अनुभवहरुलाई मुख्यत: तीन भागमा बाँडेर हेर्न सकिन्छ। पहिलो, पार्टी स्थापना र प्रारम्भिक विकासको चरण, जुन २००६ सालदेखि २०१०-२०१२ सालसम्मलाई लिन सकिन्छ। दोस्रो, विभिन्न खाले अवसरवादी प्रवृत्तिहरुसँग टक्कराहट र टुटफुटको चरण, जुन २०१२-२०१९ देखि २०४७-२०४८ देखि हालसम्मलाई लिन सकिन्छ। यी तीन चरणलाई दोस्रो राष्टि्रय सम्मेलनले वाद-विवाद-संवाद वा एकता-संघर्ष-रुपान्तरणको चरण पनि भनेको छ। (हेर्नोस्, महान् अग्रगामी छलाङ्ग इतिहासको अपरिहार्य आवश्यकता, पे.४०) पार्टी निर्माणसम्बन्धी अनुभवको हिसाबले हेर्दा पहिलो चरणमा राष्टि्रय र अन्तर्राष्टि्रय दुवै क्षेत्रमा सापेक्षरुपले क्रान्तिकारी परिस्थिति विद्यमान रहेकाले पार्टीको आफ्नो शैशवकालका कमजोरीहरुसहित संगठन र संघर्षका क्षेत्रमा सकारात्मक उपलब्धीहरु नै बढी हासिल गरेको पाइन्छ। भलै कोमिन्टर्नको विरासतमा हुर्केको तत्कालीन भारतीय कम्युनिष्ट पार्टीको सेरोफेरोभन्दा बाहिर गएर विचार र संगठनको क्षेत्रमा कुनै मौलिक योगदान गरेको देखिन्न।

दोस्रो चरणमा अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनको फुटको प्रभाव साथसाथै मूलत: दक्षिणपन्थी संशोधनवादी राजनैतिक कार्यदिशा र सामन्ती तथा न्यून-पूूजीवादी संकीर्णताकै कारणले पार्टी विभिन्न गुट, उपगुटहरुमा विभाजित हुनपुग्यो। तीमध्ये सबभन्दा प्रभावशाली रहका चौथो महाधिवेशन समूह, मा.ले. र पुष्पलाल समूह तीनवटैले अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनको विवादमा चीनियाँ कम्युनिष्ट पार्टी र माओको पक्ष लिए पनि आफ्नै आन्तरिक वैचारिक राजनैतिक कमजोरीका कारणले माओले कोमिन्टर्न र स्टालिनका कमजोरीहरु सच्याएर विकसित गरेको पार्टी निर्माणसम्बन्धी नयाँ अवधारणालाई आत्मसात गर्न सकेनन्। त्यसको उल्टो मा.ले. समूह र पुष्पलाल समूह क्रमश: ख्रुश्चोभी आधुनिक संशोधनवादको कित्तामा पतन हुूदै गए भने २०३८ सालमा “चीनमा प्रतिक्रान्ति” को घोषणा गर्ने र पछि ‘रिम’ को सदस्य बन्ने एकीकृत ‘मशाल’ (चौ.म.समूहको परिवर्तित नाउँ) पक्षले २०४१ मा सम्पन्न आफ्नो पाँचौं महाधिवेशनमा माओले गरेको स्टालिनको वस्तुसंगत मूल्यांकनको विरोध गर्दै नांगो रुपमा होक्जावादी जडसूत्रीय-संशोधनवादी लाइन र पार्टीसम्बन्धी एकमनावादी अवधारणाको पक्षपोषण गर्न पुग्यो। (हेर्नोस्, ने.क.पा.(मशाल) को पाँचौं महाधिवेशनद्वारा पारित, अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनसम्बन्धी प्रस्ताव) त्यो स्थितिमा क. प्रचण्डको नेतृत्वमा युवा क्रान्तिकारीहरुले ख्रुश्चोभी दक्षिणपन्थी संशोधनवादको साथसाथै होक्जापन्थी जडसूत्रीय-संशोधनवादसँग निर्णायक सम्बन्ध विच्छेद गरेर माओले विकसित गरेको पार्टी निर्माणसम्बन्धी द्वन्द्व‍वादी अवधारणाका आधारमा क्रान्तिकारी ध्रुवीकरणको प्रक्रिया अघि बढाए।

फलस्वरुप पहिले एकताकेन्द्र हुूदै २०५१ मा ने.क.पा.(माओवादी) को निर्माण र २०५२ फागुन १ गतेबाट महान् जनयुद्धको थालनी र विकासको अहिलेसम्मको तेस्रो चरण नै नेपालमा नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणको सबभन्दा महत्वपूर्ण र उर्जाशील अवधि रहेको छ। त्यसक्रममा मालेमावादको सैद्धान्तिक आलोक र दीर्घकालिन जनयुद्धको राजनैतिक कार्यदिशाका आधारमा छोटो अवधिमा नै विगतका गुटवाद र फुटवादका अवशेषहरुलाई मेटाउँदै लगेर एक्काइसौं शताब्दीको जनयुद्ध नेतृत्व गर्न लायक र लाखौं जनसमुदायको समर्थन प्राप्त एकीकृत तथा केन्द्रीकृत पार्टी निर्माण गर्न सम्भव भएको छ। २०५७ मा सम्पन्न दोस्रो राष्टि्रय सम्मेलनले नेपाली जनयुद्धको क्रममा पार्टी निर्माणलगायत विविध क्षेत्रमा विकसित विचार-श्रृंखलालाई ‘प्रचण्डपथ’को रुपमा संश्लेषण गर्ने र त्यसलाई सामुहिकताको केन्द्रीयकृत अभिव्यक्तिका रुपमा ग्रहण गर्ने निर्णय गरेपछि नेपालको नयाँ ढंगको पार्टी निर्माणसम्बन्धी अनुभव विश्व सर्वहारा वर्गको समेत अमूल्यनिधि बन्न पुगेको छ। परन्तु, एकातिर नयाँ विकसित विचार श्रृंखला र अर्कोतर्फ आत्मगतरुपमा पुरानो विरासतको रुपमा प्राप्त जडसूत्रीय-संशोधनवादी चिन्तन तथा गुटवादी र फुटवादी प्रवृत्ति तथा वस्तुगत रुपमा विद्यमान सामन्ती र न्यून-पूूजीवादी वर्गीय धरातलबीचमा अझै गम्भीर प्रकृतिका अन्तरविरोधहरु कायम रहेका छन्। यदि नयाँ विकसित विचार अनुरुप पुरानो रुढीग्रस्त र गुटवादी तथा फुटवादी संगठनात्मक ढाँचालाई क्रान्तिकारी रुपान्तरण नगर्ने हो भने पुरानो संगठनले नयाँ विचारलाई क्रमश: निषेध गर्दै जाने खतरा अध्यावधि विद्यमान रहेको छ। ………………………..

२.२ (क) वैज्ञानिक विचारले लैस सर्वहारा वर्गीय अग्रदस्ता:

वर्गीय समाजमा पार्टी भनेको वर्गीय चेतनाको केन्द्रीकृत अभिव्यक्ति हो। त्यसैले लेनिन र स्टालिनले परिभाषित गर्नु भए झैं वर्गीय समाज रहेसम्म कम्युनिष्ट पार्टीले समाजको सबैभन्दा अग्रगामी र इतिहासको अन्तिम वर्ग सर्वहारा वर्गको सबभन्दा सचेत र संगठित अग्रदस्ताको भूमिका निर्वाह गर्नुपर्दछ। ख्रुश्चोभी संशोधनवादीहरुले गरेझैं ‘सम्पूर्ण जनताको पार्टी’, वा विभिन्न वर्गहरुको साझा पार्टी भन्नु कोरा वकवास हा, किनकि एउटा पार्टीले एक पटकमा एउटा वर्गको चेतना मात्रै बोक्न सक्दछ र ‘सम्पूर्ण जनताको पार्टी’ हुने स्थिति आउनेबित्तिकै त्यहाँ पार्टीको जरुरत नै पर्ने छैन।

पार्टी भनेको अन्तत: विचार हो। त्यसैले सर्वहारावर्गीय अग्रदस्ताको पार्टी इतिहासको सबभन्दा उन्नत र वैज्ञानिक सुसज्जित हुनुपर्छ। अहिलेको साम्राज्यवादको युगमा त्यस्तो विचार भनेको मालेमावाद हो, जसले हाम्रो देशको ठोस सन्दर्भमा मालेमावाद र प्रचण्डपथको स्वरुप ग्रहण गरेको छ। साथै कुनै विज्ञान वा विचार सधैं गतिशील र निरन्तर परिवर्तनशील हुने भएकाले नयाँ ढंगको कम्युनिष्ट पार्टीले आफ्नो भूमिका ठीकसँग निर्वाह गर्न क्रान्तिको सार्वभौम विज्ञानलाई देश र कालको ठोस परिस्थिति सँगसँगै सिर्जनात्मक ढंगले प्रयोग गर्न र प्रयोग साथसाथै विकसित गर्दै लैजान सक्नुपर्दछ। “सबभन्दा उन्नत सिद्धान्तद्वारा निर्देशन पार्टीले मात्रै अगुवा लडकाको भूमिका पूरा गर्न सक्छ” भन्ने लेनिन (“के गर्ने”) – को भनाइको मर्म त्यही हो। क्रान्तिकारी सिद्धान्त र राजनीतिबाट विचलित हुने बित्तिकै कुनै बेलाका महान् पार्टीहरु कसरी रातारात बुर्जुवा पार्टीमा परिणत भएर तासका घर झै ढल्दा रहेछन् भन्ने विगतका प्रतिक्रान्तिको अनुभवहरुले पुष्टि गरिसकेको स्थितिमा नयाँ ढंगको पार्टीले क्रान्तिकारी विचार र राजनीतिक प्रश्नलाई हमेशा केन्द्रविन्दूमा राख्नुपर्दछ।

(२) युद्धको नेतृत्व गर्न लायक पार्टी:

वर्तमान साम्राज्यवादको युगलाई ‘युद्ध पूूजीवाद’ को युग पनि भनिन्छ। अत: इतिहासमा पहिले सधै भन्दा बढी फौजीकृत भएको वर्तमान विश्वलाई बदल्न सर्वहारा वर्गले पनि क्रान्तिकारी युद्धलाई संघर्षको प्रधान रुप बनाउनु अनिवार्य छ। त्यस्तो युद्धको नेतृत्व गर्न लायक सर्वहारा अग्रदस्ताको संगठनात्मक स्वरुप त्यसैले फौजीकृत हुनु नितान्त जरुरी छ। त्यस हिसाबले अबको सन्दर्भमा नयाँ ढंगको पार्टी निर्माण भन्नुको अर्थ मुख्य रुपमा पार्टीको फौजीकरण नै हुन जान्छ।

फौजीकृत पार्टीको ढाँचा असाध्यै एकीकृत हुनुपर्ने र त्यसभित्र अनुशासनको स्तर असाध्यै उच्च हुनुपर्ने स्वत: सिद्ध छ। साथै त्यसको भूमिगत ढाँचा र शैली ज्यादै चुस्त हुनुपर्दछ। परन्तु, यसको अर्थ पार्टीको संरचना र शैली संकीर्ण षड्यन्त्रमूलक र नोकरशाहीकृत भन्ने पटक्कै हुन सक्दैन, बरु त्यसको ठीक विपरित हो। किनकी वर्तमान युगको युद्ध भनेको जनयुद्ध हो, जुन जनसमुदायको सहयोगमा र सक्रिय सहभागितामा मात्र संचालन हुनसक्छ। त्यसैले पार्टीको फौजीकरणको अर्को अर्थ पार्टी, सेना र जनसमुदायबीचको परम्परागत अन्तरलाई न्यून गर्नु हो, अथवा जनसमुदायको सबैको फौजीकरण र फौज सबैको पार्टीकरण गर्नु हो। विगतका समाजवादी राज्यसत्ताहरुमा पार्टी स्थायी सेना र जनताबीच कायम हुन पुगेको स्थायी सेना र जनताबीच कायम हुन पुगेको अभेद्य पर्खालले प्रतिक्रान्ति निम्त्याएको सन्दर्भमा जनताको फौजीकरण र फौजको पार्टीकरणको यो अवधारणाको दूरगामी महत्व भएको स्वत: सपष्ट छ।

सामान्यतया वर्तमान विश्व परिवेश र मुख्यतया नेपालको विशिष्ठ स्थितिमा फौजी रणनीतिका दुई मुख्य रुपहरु-दीर्घकालिन जनयुद्ध र सशस्त्र विद्रोहलाई आपसमा समायोजन गरेर लैजानुपर्ने हुन्छ। त्यस निम्ति युद्धको नेतृत्व गर्ने पार्टीले फौजी र गैरफौजी रणनीति र कार्यनीतिका सबै पक्षहरुमा आफूलाई पोख्त बनाउनु जरुरी हुन्छ। त्यसरी नै भूमिगत र खुल्ला काम, गाउँले र शहरिया इलाकाका काम प्रचार-युद्ध र हतियारबन्द युद्धको काम निम्ति पार्टीले आफूलाई हमेशा निपूर्ण बनाउनु पर्दछ।

समग्रमा, युद्धको नेतृत्व गर्न लायक नयाँ ढंगको निर्माण गर्नु वा पार्टीको फौजीकरण गर्नुको अर्थ साम्यवादको ‘अन्तिम ल73य’ सम्म पुग्न क्रान्तिको दिशामा अघि बढ्ने पार्टीको निर्माण गर्नु हो भन्ने कुरालाई दह्रोसँग आत्मसात गर्नुपर्दछ।

(ग) पार्टीभित्र दुई लाइन संघर्षको निरन्तरता : पार्टीसम्बन्धी मालेमावादी अवधारणाको मूल पक्ष पार्टीलाई एकमना वा समरुप वस्तुको सट्टा विपरितहरूको एकत्व र अन्तरविरोधहरूको पूञ्जको रुपमा ग्रहण गर्नु हो। त्यसैले विगतको कोमिन्टर्नको पालाका कतिपय कमजोरीहरूबाट सिकेर अबको नयाँ ढंगको पार्टीले वर्गीय समाज रहिरहेसम्म पार्टीभित्र त्यसको प्रतिविम्बन भइरहने, पार्टीभित्रबाट नयाँवर्गहरूको उदय भैरहने, पार्टीमा विभिन्न व्यक्तिहरूको चेतनामा असमानता रहिरहने र फलस्वरुप पार्टीभित्र हमेशा दक्षिण, मध्य र उग्र प्रवृत्ति रहिरहने हुनाले तिनका विरुद्ध निर्मम संघर्ष चलाइरहनु पर्ने यथार्थलाई राम्ररी आत्मसात गर्नुपर्दछ। साथै सर्वहारावादी पार्टीको अन्तिम ल73य समाजबाट वर्गहरूको अन्त्य गर्ने र अन्तत: आफ्नो विलोपीकरण गर्ने भएकाले पार्टीभित्र विभिन्न प्रवृत्तिहरूकाबीचमा स्वस्थ दुई लाइन संघर्ष चलाउने र एकता-संघर्ष-रुपान्तरणको विधिद्वारा नयाँ आधारमा नयाँ एकता हासिल गर्ने निरन्तर प्रयत्न गर्नुपर्छ। द्वन्द्व‍वादी विकासको नियम अनुसार एकचोटी एकता हासिल भैसकेपछि तुरुन्तै त्यहाँ नयाँ ढंगले संघर्ष शुरु हुन्छ र त्यो एकता र संघर्षको श्रृंखला अनन्तसम्म चलिरहन्छ। त्यसैले माओले भन्नु भएको हो : – “यदि पार्टीभित्र अन्तरविरोधहरू भएनन् भने र तिनको हल गर्न वैचारिक संघर्ष चलाइएन भने पार्टी जीवनको अन्त्य हुन्छ।” (“अन्तरविरोधबारे”, छानिएका रचना, भाग -१, पे.३१७) यसरी निरन्तर चल्ने दुई-लाइन संघर्ष नै पार्टीको जीवन भएकाले साम्यवादसम्म पुग्ने नयाँ ढंगको पार्टीको निर्माणमा दुई-लाइन संघर्ष संचालनको निर्णायक महत्व हुन्छ।

महान् सर्वहारा साँस्कृतिक क्रान्तिकालमा पार्टीभित्रको संशोधनवादसँग निर्मम संघर्ष गर्दै नयाँ ढंगको क्रान्तिकारी पार्टी विकास गर्नको निम्ति सबैभन्दा जोड दिएको प्रश्न दुई-लाइन संघर्षको प्रश्न हो। तीन ‘गर’ र ‘नगर’ (अर्थात्, “मार्क्सवाद लागू गर, संशोधनवाद होइन, एकतावद्ध होऊ, नफूट, खुला र स्पष्ट होऊ, षडयन्त्र र छलछाम नगर”) को रुपमा सूत्रबद्ध गरिएको त्यो विधिले विचार र राजनीतिलाई केन्द्रमा राखेर र पार्टीलाई एकताबद्ध राख्ने ल73यका साथ खुल्ला र स्पष्ट ढंगले संघर्ष चलाउने दिशानिर्देश गर्छ। हिजोका दक्षिणपन्थी संशोधनवाद तथा जडसूत्रीय-संशोधनवाद र गुट तथा फुटको विरासत कायम रहूदै आएको तथा निम्न पूूजीवादी वर्गीय धरातल प्रवल रहेको हाम्रो पार्टी पनि दुई-लाइन संघर्ष संचालनमा या त पूर्ण उदासिनता अपनाउने या विचार र राजनीतिको अहम् प्रश्नलाई भन्दा संकीर्ण गुटगत आग्रह, व्यक्तिगत स्वार्थ, जातीय-क्षेत्रीय-लिंगीय संकीर्णता आदिलाई प्रधानता दिने र संघर्षको खुल्ला भन्दा षडयन्त्रमूलक विधि अपनाउने ‘आलोक प्रवृत्ति’ का गम्भीर कमजोरीहरू विद्यमान रहेकाले सर्वहारा सांस्कृतिक क्रान्तिकालमा विकसित यही विधि अनुसार नयाँ संश्लेषित विचारश्रृंखला ‘प्रचण्डपथ’ लाई केन्द्रविन्दुमा राखेर दुई-लाइन संघर्ष चलाउन र नयाँ ढंगको पार्टी निर्माणलाई तीव्रता दिन आज अत्यन्तै जरुरी भएको छ।

क्रान्तिपछि पार्टीभित्रबाट नयाँ पूूजीपति वर्ग जन्मेर प्रतिक्रान्ति गर्न सक्ने खतराका विरुद्ध अपनाउनु पर्ने मुख्य हतियार पनि दुई लाइन संघर्ष नै हो। दुई-लाइन संघर्ष संचालनमा उदारता अपनाउँदा वा गलत विधि अनुशरण गर्दा अवसरवादले फाइदा उठाउन सक्छ र अन्तत: त्यो नै प्रतिक्रान्तिको कारण बन्न जान्छ भन्ने इतिहासले सिद्ध गरिसकेको छ। त्यसैले विचार र राजनीतिमा गम्भीर भटकाव भएका तत्वहरू विरुद्ध निर्मम संघर्ष चलाएर नै पार्टीको शुद्धिकरण गर्न सकिन्छ र क्रान्तिलाई निरन्तरता दिन सकिन्छ। चीनमा तेङ लगायतका अवसरवादीहरू विरुद्ध दुई-लाईन संघर्ष संचालनमा अपनाइएको उदारता र क्रान्तिकारी पंक्तिभित्र देखिएको संघर्ष संचालनसम्बन्धी कुशलताको कमीले पनि क्रान्तिले अपूरणीय क्षति व्यहोर्नु परेको तथ्यबाट पनि आजका क्रान्तिकारीहरूले गम्भीर पाठ सिक्नुपर्दछ। निश्चय नै आन्दोलनको विकासको सापेक्षतामा दुई-लाइन संघर्षलाई व्यापक वा सीमित बनाउने भन्ने टुंगो लगाउनुपर्दछ। तर विगतमा प्राय: सबै कम्युनिष्ट पार्टीहरू भित्रैबाट र त्यो पनि केन्द्रीय नेतृत्व तहैबाट प्रतिक्रान्तिहरू जन्मेको तथ्यले दुई-लाइन संघर्षको केन्द्रविन्दु नेतृत्व तहमा नै बनाउनु पर्ने र त्यसमा बढी नै निर्मम र कुशल बन्नु पर्ने पाठ सिकाउँदछ। भविष्यमा प्रतिक्रान्ति रोक्न सक्ने नयाँ ढंगको पार्टी निर्माण गर्ने सन्दर्भमा क्रान्तिकारीहरूले यो पक्षमा विशेष ध्यान पुर्‍याउन जरुरी छ। पार्टी र सत्ताको शीर्षस्थ नेतृत्व कब्जा गरेर बसेका संशोधनवादीहरूलाई अपदस्थ गर्न तल्लो तहका पार्टी कार्यकर्ताहरू र गैर-पार्टी जनसमुदायलाई समेत आन्दोलनमा उतार्नु परेको चीनियाँ साँस्कृतिक क्रान्तिको अनुभवबाट पनि सबैले बेलैमा सिक्नु आवश्यक छ। सारमा पार्टीभित्रको दुई-लाइन संघर्ष संचालनमा जनदिशाको प्रयोग नै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मूल मर्म हुनाले शुरुदेखि नै त्यसलाई पार्टीभित्र संस्थागत गर्नु नै नयाँ ढंगको पार्टीको मूल विशेषता हुनुपर्दछ।

(घ) जनवादी केन्द्रीयताको सही संचालन : नयाँ ढंगको क्रान्तिकारी सन्दर्भमा बढी ध्यान पुर्‍याउनुपर्ने अर्को प्रश्न जनवादी केन्द्रीयताको पद्धतिको सही संचालन हो। सबभन्दा पहिले ‘जनवाद’ र ‘केन्द्रियता’ का दुई प्रवर्गहरूको महत्व र अन्तरसम्बन्धको विषयमा विविध अवसरवादी कोणहरूबाट फैलाएका भ्रमहरूबारे प्रष्ट हुन जरुरी छ। ती दुई एउटै वस्तुका विपरीत पाटाहरू हुन् र एकको अभावमा अर्कोको अस्तित्व रहन्न भन्न वैज्ञानिक सच्चाईलाई ठीकसँग आत्मसात गर्न नसक्दा विगतमा अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनमा काफी भ्रम र समस्या पैदा भएको कटु यथार्थ हो। कुनै पनि संगठन भन्ने बित्तिकै त्यहाँ प्राधिकार ९ब्गतजयचष्तथ० र केन्द्रीयताको प्रश्न आउँछ र अन्त्यमा, संगठन भनेको केन्द्रीयता नै हो। त्यसैले सम्पूर्ण समाज र मानव जातिलाई एउटै सम्पूर्ण समाज र मानव जातिलाई एउटै साम्यवादी छातामुनि गोलबन्द गर्न क्रान्तिका विभिन्न चरण (अर्थात् ध्वंस, निर्माण र विलोपीकरण)मा त्यसको स्वरुप र भूमिका कस्तो हुने भन्ने मात्र विवाद हुनसक्ने विषय हो। त्यसैले पार्टी विभिन्न स्थानीय समूहहरूमा विभाजित र विश्रृंखलित रहेको र आन्दोलनले देशव्यापी राजनैतिक चरित्र ग्रहण गर्न नसकिरहेको शुरुको चरणमा केन्द्रीयतामाथि बढि जोड दिएर लेनिनले जुन सिद्धान्तहरूको प्रतिपादन गर्नु भयो तत्कालीन सन्दर्भमा ती विल्कुल वस्तुवादी र सही थिए। साथै, त्यतिबेला पनि वहाँले जनवादी केन्द्रीयतालाई “छलफल र आलोचनाको स्वतन्त्रता, कामकार्वाहीमा एकरुपता” भनेर जसरी परिभाषित गर्नुभयो, त्यो झन् सटीक थियो। भलै त्यतिबेलासम्म विकसित पूूजीवादी देशमा समाजवादी आन्दोलनको सबभन्दा लामो र उच्च अनुभव बोकेको जर्मनीको पार्टी समेत दोश्रो अन्तर्राष्टि्रय अवसरवादी नेताहरूको नेतृत्वमा भीमकाय नोकरशाही संयन्त्रमा परिणत हुूदै गएको कटु अनुभव एकातिर र अर्कोतिर सापेक्षरुपले पिछडिएको रुसको सर्वहारा वर्गले ठूलो आधुनिक फ्याक्ट्री उत्पादन प्रणालीबाट सामुहिकताको पाठ राम्ररी सिकिनसकेको स्थितिको हवाला दिदै वामपन्थी क्रान्तिकारी कोणबाट रोजा लग्जेम्बर्गले पार्टीको अति-‘केन्द्रीकृत’ ढाँचाले भविष्यमा नोकरशाहीलाई जन्म दिनसक्ने सशक्त तर्कहरू प्रस्तुत गर्नुभएको थियो। लेनिनको मृत्युपछि स्टालिनले समाजवाद निर्माणको प्रारम्भिक चरणमा युद्ध र समाजवादको निर्माणको आवश्यकता ध्यान दिदै केन्द्रीयतामाथि बढी जोड दिनु पनि त्यति अस्वाभाविक थिएन। समस्या तब शुरु भयो जब तत्कालिन आवश्यकता नै सार्वभौम सिद्धान्त बन्न थाल्यो र केन्द्रीयता र जनवादबीचको द्वन्द्व‍ात्मक सम्बन्धको बुझाइमा अधिभूतवाद हावी हुन थाल्यो। कोमिन्टर्न र स्टालिनको पछिल्लो चरणमा जनवादी केन्द्रीयताको अभ्यासमा भएका कमजोरीहरू वा नोकरशाही केन्द्रीयताको बढ्दो अभ्यासले नयाँ ढंगले पार्टी निर्माणसम्बन्धी यो महत्वपूर्ण प्रश्नमा निश्चित भ्रम र भड्काव पैदा भएकै हो, जुन विविधरुपमा अझै जारी छ।

यस सम्बन्धमा माओले पछिल्लो चरणमा गर्नु भएका व्याख्या र महान सर्वहारा सांस्कृतिक क्रान्तिकालमा गर्नुभएको प्रयोग र विकासलाई नै नयाँ युगका क्रान्तिकारीहरूले ग्रहण गर्नुपर्दछ र नयाँ ढंगको पार्टी निर्माणको आधारशीला बनाउनु पर्दछ। सर्वप्रथम माओले जनवादी केन्द्रीयतालाई “जनताबाट लिएर जनतालाई दिने” पद्धतिको रुपमा र जनवादको जगमा केन्द्रीयता र “केन्द्रीयताको निर्देशनमा जनवाद” भनी ती दुई बीचको द्वन्द्व‍ात्मक सम्बन्धको जुन परिभाषा गर्नुभयो त्यो एकदम सही छ। त्यो भन्दा पनि अझै अघि बढेर सन् १९६२ मा वहाँले जनवादी केन्द्रीयतासम्बन्धी जुन व्याख्यान दिनुभयो (हेर्नोस्, “विस्तारित केन्द्रीय कार्य सम्मेलनमा भाषण” ३० जनवरी) त्यो पार्टीसम्बन्धी संगठनात्मक सिद्धान्तको विकासको कोसेढुंगा हो। त्यसमा जनवाद र केन्द्रीयताको अन्तरसम्बन्धबारे प्रष्ट पार्दै भनिएको छ:- “जनवादी बिना कुनै सही केन्द्रीयता हुन सक्दैन किनकी मानिसहरूका विचारहरू फरक हुन्छन् र यदि उनीहरूको कुनै चीजसम्बन्धी बुझाइमा एकरुपता भएन भने केन्द्रीयता स्थापित हुन सक्दैन। केन्द्रीयता के हो? सबभन्दा पहिले यो सही विचारहरूको केन्द्रीकरण हो, जसको आधारमा समझदारी, नीति, योजना, कमान र कार्वाहीमा एकता प्राप्त हुन्छ। यसलाई केन्द्रीकृत एकता भनिन्छ।” (स्टुआर्ट स्काम, माओत्सेतुङ जस्ताको तस्तै, अंग्रेजी, पे.१६३-४) त्यसलाई अझै सूत्रबद्ध गरेर वहाँले अगाडि भन्नुभएको छ : – “उच्च प्रकारको जनवाद विना उच्च प्रकारको केन्द्रीयता प्राप्त गर्न असम्भव छ, र उच्च प्रकारको केन्द्रीयता विना समाजवादी अर्थतन्त्रको स्थापना गर्न असम्भव छ।” (उही, पे. १६७)

यसरी केन्द्रीयतालाई प्रधानता दिंदै त्यसको निर्माणमा जनवादको जुन निर्णायक महत्व रहन्छ (जसलाई स्टालिनको पछिल्लो कालमा न्यूनीकरण गरिएको थियो र बढ्दो प्रशासनिक तरिकाले केन्द्रीयता निर्माण गर्ने विधि अपनाइएको थियो) त्यसलाई सही सन्तुलनमा ल्याएर नयाँ ढ्रगको जनआधारित पार्टी निर्माणको दिशामा माओले दिनुभएको योगदानलाई हाम्रो युगका क्रान्तिकारीहरूले ठीकसँग अनुशरण गर्नु एकदम आवश्यक छ। खासगरी जनवादी केन्द्रीयताको सही अभ्यासको कमीले पार्टी नेतृत्व कार्यकर्ताहरूबाट कट्ने र पुरै पार्टी जनसमुदायबाट कट्ने जुन भयंकर गल्ती भए र त्यसले आत्मगत प्रकारले प्रतिक्रान्ति हुन मद्दत पुग्यो त्यसलाई सच्याएर नयाँ ढंगको पार्टी निर्माण गर्नु आज एकदम जरुरी भएको छ। त्यसको साथै पार्टीको त्यही नोकरशाहीकरण प्रक्रियाले गर्दा केन्द्रीय नेतृत्वबाट प्रतिक्रान्ति गरिंदा तल्ला तहका कार्यकर्ताले जुन विद्रोह गर्ने साहस गरेनन् त्यसलाई सच्याउनको निम्ति साँस्कृतिक क्रान्तिकालमा पार्टी कार्यकर्ता र जनसमुदायको पहल बढाउन गरिएका प्रयासहरूलाई पनि अबको नयाँ ढंगको पार्टीले संस्थागत गर्नु आवश्यक छ। नोकरशाही र अराजकतावाद एउटै निम्न पूूजीवादी सिक्काका दुई पाटा हुनाले ती दुईविरुद्ध निरन्तर संघर्ष चलाएर जनवादी केन्द्रीयताको सही अभ्यासमार्फत् वृहत् जनवादभित्र उत्तिकै उच्च केन्द्रीयताको निर्माण गर्नु र अन्तत: रोजा लक्जेम्वर्गले भन्नु भए जस्तै ‘स्वैच्छिक केन्द्रीयता’ ९कभाि(अभलतचष्कि्क० निर्माण गरेर जनवाद र केन्द्रीयता दुवैको साम्यवादमा विलोपीकरण गर्नु सर्वहारावादी क्रान्तिकारीहरूको अन्तिम ध्येय हुनुपर्छ।

(ङ) नेतृत्व र क्रान्तिकारी उत्तराधिकारीहरूको प्रश्न: सर्वहारावर्गको सचेत अग्रदस्ता हुनाले कम्युनिष्ट पार्टी भनेको लेनिनले भन्नु भए झैं नेताहरूको पार्टी हो। साथै पहिले लेनिनले र पछि माओले व्याख्या गर्नु भए जस्तै वर्गीय समाज रहिरहेसम्म जन, वर्ग, पार्टी र नेतृत्वको श्रृंखलाबद्ध भेद रहिरहन्छ र त्यसलाई आदर्शवादी ढंगले इन्कार गरेर होइन वस्तुवादी ढंगले बुझेर र बदलेर नै कम्युनिष्टहरूले अन्तिम साम्यवादी ध्येय प्राप्त गर्ने कोशिस गर्नुपर्छ। त्यस हिसाबले कुनै पनि पार्टी वा संगठनलाई झैं कम्युनिष्ट पार्टीलाई पनि असाध्यै केन्द्रीकृत, प्रधिकारपूर्ण र वैज्ञानिक विचारले सुसज्जित र वर्ग तथा जनसमुदायसँग अभिन्नरुपले गाँसिएको नेतृत्वको आवश्यकता पर्दछ। त्यस्तो नेतृत्व लामो वर्ग-संघर्ष र वैचारिक संघर्षको क्रममा विकसित र स्थापित हुन्छ। एंगेल्सले भन्नु भए झैं ऐतिहासिक ‘आवश्यकता’ ले नेतृत्वलाई जन्माउँछ तर कुनै व्यक्ति विशेषमा त्यो मूर्तिकृत हुन्छ भन्ने चाहिू विशुद्ध ‘आकस्मिता’ हुनेछ। यसरी सर्वहारावादी क्रान्तिकारीहरूले न त कहिल्यै नेतृत्वको आवश्यकता र महत्वलाई अवमूल्यन गर्न हुन्छ, न त नेतृत्वलाई इतिहासको उपजो सट्टा इतिहासलाई नेताहरूको उपज ठान्ने र नेतृत्व स्वयं नै पछि कुनै दिन विलोपीकरण भएर जाने वस्तु हो भन्ने कुरा भुल्ने गल्ती गर्न हुन्छ। किनकी अन्तत: नेतृत्व भनेको क्रान्तिकारी विचार र सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति हो र त्यो इतिहासको आवश्यकताले पैदा हुन्छ र त्यो आवश्यकता पूरा हुने बित्तिकै त्यसको पनि अवसान हुन्छ। क्रान्तिकारी नेतृत्वको अभावमा क्रान्तिले ठूलो धक्का खानु परेको वा प्रतिक्रान्तिकै खतरा व्यहोर्नु परेको र नेतृत्वलाई अधिभूतवादी ढंगले पूज्ने प्रवृत्तिले नोकरशाही पूूजीवादको विकास गराउन ठूलो भूमिका खेलेको विश्व कम्युनिष्ट आन्दोलनका थुप्रै उदाहरणहरूको सन्दर्भमा नेतृत्वसम्बन्धी क्रान्तिकारी द्वन्द्व‍वादी बुझाई र नेतृत्वको सही ढंगले विकास तथा उसको वैचारिक तथा भौतिक सुरक्षाको निम्ति पार्टीले हमेशा ध्यान दिनुपर्दछ।

परन्तु, अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनमा खासगरी स्टालिनको समयपछि नेतृत्वको प्रकृति, शैली, विकास प्रक्रिया, स्थापना, उत्तराधिकारी आदि विषयमा काफी विवाद र भ्रमहरू उठ्ने गरेका छन् र तिनलाई मालेमावादी विज्ञानको आधारमा वस्तुवादी ढंगले हल गरेर नयाँ ढंगको पार्टी निर्माण गर्नु जरुरी भएको छ। विशेषत: गद्दार खु्रश्चोभले कथित व्यक्ति-पुजाको नाउँमा स्टालिनलाई पुरै निषेध गर्ने दुष्प्रयास गरेपछि एकापिट्ट दक्षिणपन्थी संशोधनवादी कोणबाट स्टालिनका कमजोरीहरूलाई समेत आदर्शीकरण गर्ने र पुरानो तथा गलत सावित भैसकेको नेतृत्व प्रणाली समेत अूठ्याएर बस्ने विचलनवादी प्रवृत्ति अक्सर देखा पर्नु स्वाभाविक भएको छ। खासगरी नेतृत्व ‘सामूहिक’ कि ‘व्यक्तिगत’ भन्ने अधिभूतवादी ढंगले पनि प्रश्न उठ्ने र उठाइने गरेका छन्। ‘सर्वोच्च नेतृत्वमा एकको दुईमा विभाजनको नियम लागु हुदैन’ आदि जस्ता नेतृत्वसम्बन्धी केही गलत मान्यताका कारण पनि पेरुको क्रान्तिले धक्का खानु परेको स्थितिबाट समेत पाठ सिकेर हामी अघि बढ्नु परेको छ।

यस सिलसिलामा “महा-विवाद” को क्रममा चीनियाँ कम्युनिष्ट पार्टीले “स्टालिनको प्रश्न” बारे चर्चा गर्दै अघि सारेको नेतृत्वसम्बन्धी मालेमावादी अवधारणालाई स्मरण गर्नु उपयुक्त हुनेछ। त्यसमा क्रान्तिकारी नेतृत्वको प्रकृतिबारे स्पष्ट गर्दै भनिएको छ -“पार्टीसँग स्थिर खालको नेतृत्वको न्यूकलस हुनुपर्दछ, जुन लामो परीक्षामा उत्तीर्ण नेताहरूको समूहले बनेको हुनुपर्छ, जो मार्क्सवाद-लेनिनवादको सार्वभौम सच्चाइलाई क्रान्तिको ठोस व्यवहारसँग एकाकार गराउन निपूर्ण हुन्छन्।” (चीनिया कम्युनिष्ट पार्टी, महा-विवाद अंग्रेजी, पे. १०४)

यहाँ ध्यान दिनुपर्ने मुख्य बुूदाहरू “लामो परीक्षामा उत्तीर्ण नेताहरूको समूह” र “मार्क्सवाद-लेनिनवादको सार्वभौम सच्चाइलाई क्रान्तिको ठोस व्यवहारसँग एकाकार गराउन निपुण” भन्ने नै हुन्। किनकी इतिहासमा सक्षम ‘नेताहरूको समूह’ बिना कुनै पनि क्रान्ति सम्पन्न भएको छैन र नेतृत्वको सक्षमता जाँच्ने मुख्य कसौटी नै उनीहरूले मालेमावादी विज्ञानको “सार्वभौम सच्चाई” लाई आफ्नो देशको क्रान्तिको “ठोस व्यवहार” सँग एकाकार गराउन सक्छन् कि सक्दैनन् भन्ने हो। हाम्रो पार्टीले यही वैज्ञानिक मँन्यताका आधारमा अध्यक्ष क. प्रचण्डको नेतृत्वमा केन्द्रदेखि तलसम्म पिरामिडको आकारमा लाल र निपुण नेतृत्वको श्रृंखला विकास गर्दै लैजाने नीति तय गरेको छ र त्यसलाई ठीकसँग आत्मसात गरेर कार्यान्वयन गर्न विशेष ध्यान दिनुपरेको छ।

नेतृत्वसँग जोडिएको अर्को महत्वपूर्ण प्रश्न क्रान्तिकारी उत्तराधिकारीहरूको प्रश्न हो। विगतका क्रान्तिहरूमा स्थापित मूल नेतृत्वको अवसानपछि क्रान्तिलाई निरन्तरता दिने क्रान्तिकारी उत्तराधिकारीहरूको अभावमा त्यहाँ प्रतिक्रान्ति सजिलै सम्पन्न हुन सकेको तितो पाठबाट सिकेर नयाँ युगका क्रान्तिकारीहरूले बेलैदेखि उत्तराधिकारीहरूको श्रृंखला तयार गर्ने कुरालाई विशेष महत्व दिन जरुरी भएको छ। यस सम्बन्धमा रुसी प्रतिक्रान्तिबाट पाठ सिकेर माओले महान् सर्वहारा साँस्कृतिक क्रान्तिको कालमा “लाखौं लाख उत्तराधिकारीहरूलाई तालिम दिने र हुर्काउने” जुन कुरा गर्नु भएको थियो त्यसलाई दह्रोसँग पक्रन जरुरी छ। त्यसै क्रममा माओले ‘एक-मा-तीन’ को सिद्धान्त अनुसार बृद्ध, प्रौढ र युवा नेतृत्वको जुन टिम माथिदेखि तलसम्म तयार गर्ने प्रयास गर्नुभएको थियो, त्यसलाई पनि ठीकसँग आत्मसात गरेर बेलैदेखि लागू गर्न आवश्यक छ। आखिर नेतृत्व भनेको सही विचारधारा र राजनैतिक कार्यदिशामार्फत् लागू हुने भएकोले सही विचार र राजनीतिमा आम जनसमुदायलाई प्रशिक्षित गरेर मात्रै क्रान्तिकारी उत्तराधिकारीहरूको अनन्त श्रृंखला तयार गर्न सकिनेछ। नेतृत्व भनेको विचार र राजनीति, संगठन र संघर्षको समुच्च योग हुूदाहुूदै पनि त्यसमा विचार र राजनीति नै प्रधान हुने हुनाले विचार र राजनीतिलाई उपेक्षा गरेर संगठनात्मक वा तत्कालीन व्यवहारिक हिसाबले मात्र नेतृत्व वा उत्तराधिकारीको श्रृंखला कायम गर्ने प्रयत्न सही र सफल हुन सक्दैन भन्ने कुरा अन्तर्राष्टि्रय कम्युनिष्ट आन्दोलनका अनुभवहरूले सिद्ध गरिसकेका छन्। यस अतिरिक्त पार्टी, सेना र सरकारमा एउटै व्यक्तिको नेतृत्व कायम गर्ने पद्धतिलाई त्याग्दै माओले पछिल्लो चरणमा सबै क्षेत्रमा सर्वहारा वर्ग र पार्टीको एकीकृत नेतृत्व लागु गर्ने तर एउटै व्यक्ति पार्टी वा सरकारको आजीवन नेतृत्वमा बस्ने अघोषित परम्पराबारे नयाँ ढंगले सोच्न पनि अबका क्रान्तिकारीहरूले साहस गर्नैपर्छ। साथै द्वन्द्व‍वादको नियम अनुसार नै सही विचार र नेतृत्वलाई स्थापित गर्नु सँगसँगै पार्टी र आन्दोलनमा विद्यमान अवसरवादी विचार र नेतृत्वलाई आमरुपमा नंग्याउन र जनसमुदायलाई चिनाई राख्न पनि नयाँ युगका क्रान्तिकारीहरूले ध्यान दिनुपर्छ भन्ने कुरा गद्दार तेङ्गले पुन: पार्टीमा वापस भएर प्रतिक्रान्तिको नेतृत्व गरेको घटनाले सिद्ध गरेको छ। यस प्रसंगमा “सिद्धान्त, लाइन वा दिशासम्बन्धी ठूलो गल्तीको नेतृत्व गरेकाहरूलाई सच्याउन गाह्रो हुन्छ” (माओत्से-तुङ जस्ताको तस्तै, पे. २९४) भनेर माओले गर्नुभएको मूल्यांकनलाई महेशा स्मरण गरिराख्नु उपयोगी हुनेछ।

(च) जनदिशा र कार्यशैलीको प्रश्न : विगतमा कम्युनिष्ट पार्टीहरूको पतन र प्रतिक्रान्तिको एउटा मुख्य आधार पार्टीको जनसमुदायसँग सम्बन्ध विच्छेद हुनपुग्नु थियो। शुरुमा पार्टीलाई ‘अग्रदस्ता’ को रुपमा परिभाषित गर्ने क्रममा नै लेनिनले जनसमुदायबाट कटेमा अग्रदस्ताले आफ्नो अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्ने छैन भनी यसरी खबरदारी गर्नुभएको थियो:- “एउटा अग्रदस्ताले अग्रदस्ताको रुपमा आफ्नो भूमिका तब मात्रै पूरा गर्न सक्छ जब ऊ आफूले नेतृत्व गर्ने जनतादेखि कट्नबाट बच्न सफल सफल हुन्छ र साँच्चै नै सम्पूर्ण जनसमुदायलाई अग्रगामी दिशामा नेतृत्व गर्न सक्षम हुन्छ।” (लेनिन, संकलित रचना (अंग्रेजी), भाग ३३, पे.२२७)

परन्तु पार्टी र जनसमुदायबीचमा पुल ९त्चबलक्कष्ककष्यल दभति० को काम गर्ने भनिएका गैर-पार्टी जनसंगठनहरू क्रमश: औपचारिकतावादमा सीमित हुदै गएपछि र जनसमुदायसँग प्रत्यक्ष जोडिने अन्य प्रभावकारी संरचनाहरू संस्थागत हुन नसकेपछि पार्टीहरू जनसमुदायबाट कट्ने र नोकरशाही संयन्त्रमा बदलिने प्रक्रिया तीव्र बन्दै गयो। पार्टीभित्र र विभिन्न तहका जनसरकारहरूका निम्ति हुने निर्वाचनहरू फगत औपचारिकतामा परिणत हुूदै गएकोले पनि पार्टी र जनसमुदायबीचको दुरी बढ्नु स्वाभाविक थियो।

त्यसको निदान स्वरुपले माओले चीनियाँ क्रान्तिको दौरानमा विकसित गर्नुभएको जनदिशा ९:बकक ीष्लभ० को नीति र त्यसको उत्कर्षमा संश्लेषित गर्नु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधारणा (जुन करोडौं जनतामा चलाइएको ‘जनसमुदायको जनवाद’ 73त ्कबकक मझयअचबअथ को सर्वोत्तम नमूना थियो) – लाई अबको युगका क्रान्तिकारीहरूले शुरुदेखि नै संस्थागत गरेर लैजान अत्यन्त जरुरी छ। “जनताबाट लिएर जनतालाई देउ”, “जनताको सेवा गर”, “जनता नै इतिहासका निर्माता हुन्”, “जनता माटो हुन्, कम्युनिष्टहरू बिउ हुन्”, “जनता पानी हुन्, छापामारहरू माछा हुन्” आदि सरल र जनभाषाका नाराहरूमा अभिव्यक्त, त्यो जनदिशाको नीतिले पार्टी, सेना र जनसरकारलाई हमेशा जनतासँग जोडिन र जनताको निगरानीमा रहन निर्देशित गर्दछ। कम्युनिष्ट आन्दोलनमा जड बनिसकेका कतिपय परम्परागतवादी मान्यताहरूलाई च्यातचूत पार्दै पार्टीका नेता र कार्यकर्ताहरूलाई गैर-पार्टी जनसमुदायले, अखबार, सभा-जुलुस वा ठूला भित्ता पोष्टर मार्फत् आलोचना गर्न पाइने जुन विधि माओको चीनमा संस्थागत गरिएको थियो त्यसबाट आजका क्रान्तिकारीहरूले गम्भीररुपले सिक्न जरुरी छ। त्यसको एउटा सटीक उदाहरण माओको निम्न भनाइलाई लिन सकिन्छ:-

“यो घोषणा गरिनुपर्छ कि जनसमुदायलाई उनीहरूको (पार्टी सदस्यहरूको-ले) खुल्ला रुपमा आलोचना गर्ने अधिकार हुने मात्र होइन कि अपितु आवश्यक पर्दा उनीहरूलाई पदबाट बर्खास्त गर्ने, अथवा उनीहरूको बर्खास्दगी निम्ति सिफारिस गर्ने, अथवा उनीहरूलाई पार्टीबाट निष्कासन निम्ति सिफारिस गर्ने र साथै सबभन्दा खराब तत्वहरूलाई मुद्दा चलाउन र दण्डित गर्नको निम्ति जनअदालतलाई सुम्पने अधिकार पनि हुन्छ।” (माओ त्से-तुङ्ग, छानिएका रचनाहरू (अंग्रेजी), भाग-४, पे. १८६)

त्यसरी नै आलोचना पार्टी ‘भित्र’ वा ‘बाहिर’ भन्नेहरूलाई कडा जवाफ दिदै वहाँले भन्नुभएको थियो – “भित्री (पार्टी) र बाहिरी (पार्टी) को भेदको बहाना बनाउनु भनेको क्रान्तिसँग डराउनु हो। यो दृष्टिकोणको आधारभूत गल्ती हो।” (माओ त्से-तुङ्ग जस्ताको तस्तै (१९६६), पे.२५४)

खासगरी नयाँ जनवादी वा समाजवादी क्रान्ति सम्पन्न भएर सत्तामा पुगेको कम्युनिष्ट पार्टीले व्यवहारत: सत्तामा एकाधिकार जमाउने र अन्य पार्टीहरूको औपचारिक अस्तित्व रहे पनि तिनीहरूसँग कुनै प्रतिस्पर्धा नहुने कारणले बाहिरबाट पार्टीको कुनै प्रभावकारी आलोचना वा निगरानी र नियन्त्रण नभएर पनि पार्टीले सजिलै रंग बदलेको तथ्यलाई नकार्न सकिन्न। त्यसैले नयाँ अनुभवका आधारमा पार्टीले सर्वहारावर्गीय चरित्र गुमाएमा त्यसलाई सत्ताबाट हटाउन सक्ने अधिकार जनसमुदायलाई प्रत्याभूति गराउन दलीय प्रतिस्पर्धात्मक वा अन्य कुनै उपयुक्त आवधिक निर्वाचनका विधि अपनाउनेतर्फ पनि नयाँ युगका क्रान्तिकारीहरूले गम्भीरतापूर्वक सोच्नु पर्दछ। गृहयुद्धकालिन कतिपय तीता अनुभवहरूपछि पछिल्लो चरणमा गएर लेनिनले ‘सर्वहारा अधिनायकत्व कम्युनिष्ट पार्टीमार्फत मात्रै लागू हुन सक्छ’ भने पनि त्यसलाई हामीले अधिभूतवादी ढंगले जडसूत्रको रुपमा नलिएर द्वन्द्व‍वादी ढंगले समय र परिस्थिति सापेक्षरुपमा लिनुपर्दछ र लेनिनले अन्य सन्दर्भमा सोभियत सत्तामा कम्युनिष्ट पार्टीले अन्य पार्टीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने कुरामा जोड दिएको तथ्यलाई नयाँ शिराबाट स्मरण गर्नुपर्दछ। जस्तो कि १९१८ मा सोभियत सत्ताको श्रेष्ठताको चर्चा गर्दै वहाँले भन्नुभएको थियो-

“यदि श्रमिक जनता आफ्नो पार्टीबाट असन्तुष्ट भएमा उनीहरूले अरु प्रतिनिधिहरूलाई चुन्न सक्छन, अर्को पार्टीलाई सत्ता हस्तान्तरण गर्न सक्छन् र कुनै क्रान्ति बिना नै सरकार परिवर्तन गर्न सक्छन्।” (संकलित रचना, भाग २६ (अंग्रेजी), पे. ४९८)

यसको साथसाथै पार्टी सदस्यहरूको सर्वहारावादी कार्यशैलीमा ध्यान दिएर र पार्टीलाई निरन्तर शुद्धीकरण अभियानमार्फत् सर्वहाराकरण गरेर पार्टीको रंग बदलिन नदिन र निरन्तर क्रान्तिको मार्गमा अघि बढिरहने वस्तुगत परिस्थिति निर्माण गरी विशेष जोड गर्नुपर्दछ। सर्वहारा वर्गको एउटा कार्यशैली भनेको दुवै ‘लाल’ र ‘निपुण’ हुने र मुख्य रुपले ‘लाल’ बन्नमा जोड दिने हो भने अर्को कार्यशैली सादा जीवन र कडा मेहेनतको शैली हो। तल्लो वर्गबाट आएकाहरूलाई निरन्तर पार्टी र सत्ताका काममा प्रश्रय दिएर र मानसिक श्रम गर्नेहरूलाई शारीरिक श्रममा सहभागी बनाएर पार्टीभित्र भिन्न वर्गहरूको उपस्थिति मेटाउँदै लैजान विशेष ध्यान दिनुपर्दछ। त्यसरी नै आलोचना र आत्मआलोचनाको पद्धतिलाई कडाइपूर्वक अनुशरण गरेर आवधिकरुपले गलत चिन्तन र कार्यशैलीका विरुद्ध शुद्धीकरण अभियान (जसमा वैचारिक शुद्धीकरण, राजनैतिक शुद्धीकरण साँगठनिक शुद्धीकरण र साँस्कृतिक शुद्धीकरण पर्दछन्) चलाएर पार्टीको निरन्तर सर्वहाराकरण गर्दै लैजाने नयाँ ढंगको पार्टीको चरित्र हुनुपर्दछ। साथै “आफैसँग संघर्ष गर, संशोधनवादलाई परास्त गर” भन्ने साँस्कृतिक क्रान्तिको प्रसिद्ध नारा अनुरुप कम्युनिष्ट क्रान्तिकारीहरूले आत्मसंघर्षमा निरन्तर जोड दिनुपर्छ।

(छ) अधिनायकत्वको साधन र विलोपीकरणको प्रश्न: मार्क्स र एंगेल्सद्वारा लिखित “कम्युनिष्ट पार्टीको घोषणा पत्र” मा भनिए झैं कम्युनिष्टहरूको ध्येय पहिले सर्वहारा वर्गलाई ‘शासक वर्गको रुपमा स्थापित गर्ने’ (वा सर्वहारा अधिनायकत्व कायम गर्ने) र अन्त्यमा ‘वर्गको रुपमा आफ्नै आधिपत्यको अन्त्य गर्ने’ हो। यसरी शुरुमा बलियो सत्ता वा वर्गीय अधिनायकत्वको साधन बन्ने र अन्तत: सबैखाले वर्ग र सत्तासहित पार्टीको रुपमा आफ्नै अस्तित्व समाप्त पार्ने ध्येयमा लाग्ने अन्तरविरोधी कामको शुरुदेखि नै संयोजन गर्ने प्रश्न नै नयाँ ढंगको पार्टी निर्माणको सबैभन्दा चुनौतिपूर्ण काम हो। विगतमा बलियो सर्वहारावर्गीय सत्ताको निर्माणको अवधिसम्म त पार्टीले सहज ढंगले भूमिका निर्वाह गर्न सकेको तर त्यसलाई ‘अन्तिम लय’ सम्म लैजाने निरन्तर क्रान्तिको प्रश्नमा नराम्ररी पराजित भएको कटु ऐतिहासिक यथार्थ हाम्रो सामुन्ने छ। यहींनेर माओको नेतृत्वमा सम्पन्न “सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति” का अनुभवहरूलाई हामीले ठीकसँग ग्रहण गर्नु र त्यसलाई प्रस्थान विन्दु मानेर आफ्नो मार्ग निर्दिष्ट गर्नु हाम्रो कठिन दायित्व बनेको छ।

साथै यहींनेर ‘आवश्यकता’ र ‘स्वतन्त्रता’ को दुनियाँको कुरा प्रबल बनेर आउँदछ। निश्चितरुपले अहिले हामी आवश्यकताको दुनियाँमा छौं। तत्कालै त्यसलाई नाघेर जान सक्ने स्थितिमा छैनौं त्यसैले अहिले आवश्यकताको पक्ष नै प्रधान हो। तर द्वन्द्व‍वादको नियम अनुसार आवश्यकताको दुनियाँ पनि गतिशील र परिवर्तनशील छ र त्यो आफ्नै ढंगले स्वतन्त्रताको दुनियाँतिर अघि बढिरहन्छ। फेरि मान्छेको चेतनाको पनि भूमिका हुन्छ। त्यसैले माओले भन्नुभएको थियो –

“आवश्यकतालाई बुझ्नु र आवश्यकतालाई बदल्नु स्वतन्त्रता हो। आवश्यकतालाई बुझेर मात्र पुग्दैन, हामीले वस्तुलाई बदल्नु पनि पर्छ।” (माओत्सेतुङ्ग जस्ताको तस्तै, पे २२८)

कमसेकम अबको नयाँ ढंगको पार्टीमा यो चेतना विकसित हुनैपर्छ। त्यसरी मात्र हामीले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मर्मलाई बुझ्नेछौं र आवश्यकताको दुनियाँको ‘सर्वहारा अधिनायकत्व र स्वतन्त्रता’ को दुनियाँ उन्मुख ‘निरन्तर क्रान्ति’ लाई एकैसाथ समायोजन गरेर लैजाने बाटो पैल्याउन सक्नेछौं। यही संयोजनको प्रश्न नै सम्भवत: एक्काइसौं शताब्दीका सर्वहारावादी क्रान्तिकारीहरूका निमित्त सबभन्दा ठूलो सैद्धान्तिक र व्यवहारिक चुनौति हो।

यस्तो एकै साथ ‘आवश्यकता’ को दुनियाँमा उभिएको तर ‘स्वतन्त्रता’ को दुनियाँतिर उन्मुख नयाँ ढंगको पार्टीका थप विशेषता के के हुनुपर्ला त? आवश्यकताको दुनियाँसँग सम्बन्धित धेरै कुरा माथि भइसकेको छ। त्यसैले दूर भविष्यको बढी कुरा गर्नु समय भन्दा पहिलेको कुरा हुनेछ, तर माओको नेतृत्वमा संचालित महान् सर्वहारा सांस्कृतिक क्रान्तिले विकसित गरेका केही मूल्य मान्यता र अवधारणालाई हामीले संस्थागत गर्ने प्रयास भने गर्नैपर्छ। त्यसमा सबभन्दा महत्वपूर्ण पहिलो कुरा पार्टीभित्र सबै खाले अवसरवाद, संशोधनवाद र प्रतिक्रियावाद विरुद्ध विद्रोह गर्ने भावनालाई संस्थागत गर्नु हो। किनकी माओले ‘मार्क्सवादका हजारौं सत्यहरूलाई एउटै वाक्यमा खाँदेर भन्न सकिन्छ’ भन्दै सूत्रबद्ध गर्नु भएको नारा ‘विद्रोह गर्नु ठीक हो’ ९73त ष्क चष्नजत तय चभदभ०ि बाट सिक्नु भनेको त्यही हो। खासगरी विगतमा कोमिन्टर्नको मोडेलमा बनेका पार्टीहरूमा व्यवहारत: केन्द्रीय निकाय र केही मुठ्ठीभर नेताहरू मात्र वैचारिकरुपले सक्रिय रहने र अधिकांश तल्ला निकाय र कार्यकर्ताहरू वैचारिकरुपले निष्त्रि्कय मात्र होइन एक प्रकारले माथिल्लो कमिटीका दब्बु आदेशपालक र स्वतन्त्र ढंगले ठीक बेठीक छुट्टाउन नसक्ने असहाय प्राणीमा परिणत हुूदै गएर अवसरवाद र प्रतिक्रान्तिका विरुद्ध विद्रोह गर्न नसक्ने स्थिति बनेकाले अबको नयाँ ढंगको पार्टीमा सबैले वस्तु र घटनालाई द्वन्द्व‍ात्मक ढंगले बुझ्ने र बेठीकका विरुद्ध साहसपूर्वक विद्रोह गर्ने परिस्थिति निर्माण गरिनुपर्दछ। दोस्रो कुरा, त्यो विद्रोहमा जनदिशाको सही प्रयोगलाई संयोजन गर्नु हो। इतिहासका निर्माता जनता र मार्क्सवादी विज्ञानको सबभन्दा ठूलो सत्य ‘बिद्रोह’ को उचित संयोजन हुन सकेका मात्र त्यस्तो कम्युनिष्ट पार्टी साम्यवादको ‘अन्तिम ल73य’ सम्म अग्रसर हुन सक्नेछ। अग्रगामी चेतनासहितको सामुहिकताले मात्र विद्रोहलाई सही दिशामा लैजान सक्ने अन्यथा विसर्जन र अराजकतावादको दलदलमा फसाउने भएकोले नयाँ ढंगको पार्टी ‘जनदिशा’ र ‘विद्रोह’ को संयोजन ९ागकष्यल० ठीक ढंगले गराउन विशेष ध्यान दिनुपर्छ। तेस्रो कुरा, कम्युनिष्ट पार्टी स्वयं साध्य नभएर एउटा साधन मात्र हो। इतिहासको उपज तथा एक दिन नष्ट हुने वस्तु हो भन्ने चेतना शुरुदेखि नै प्रवाहित गर्नु हो। किनकी त्यसरी मात्र पार्टीलाई ‘पवित्र गाई’ ९ज्यथि अयध० र जड वस्तुमा परिणत गर्ने रुढिवादी प्रवृत्तिको अन्त्य भएर पार्टीलाई गतिशील ढंगले रुपान्तरण गर्दै जाने वातावरण निर्माण हुनेछ। त्यस सन्दर्भमा माओको निम्न भनाईलाई हमेशा ध्यान राख्नु उपयोगी हुनेछ।

“कम्युनिष्ट पार्टी र जनवादी पार्टीहरू सबै इतिहासका उपज हुन्। इतिहासमा जे जन्मन्छ त्यो इतिहासमै विलीन हुन्छ। त्यसैले, एकदिन कम्युनिष्ट पार्टी विलीन हुनेछ, र त्यसरी नै जनवादी पार्टीहरू पनि विलीन हुनेछन्। के यो विलिनीकरण त्यति नरमाइलो छ? मेरो विचारमा त्यो धेरै रमाइलो हुनेछ। मलाई लाग्छ यो ठीकै कुरा हो कि एक दिन हामी कम्युनिष्ट पार्टी र सर्वहारा अधिनायकत्वको अन्त्य गर्न सक्षम हुनेछौं। हाम्रो काम तिनीहरूको अवसानलाई शीघ्र तुल्याइ दिनु हो।” (माओ त्से-तुङ्ग, “दश प्रमुख सम्बन्धहरूबारे”, छानिएका रचनाहरू (अंग्रेजी), भाग-५, पे. २९७)

२.३ निष्कर्ष

लेनिनले भन्नु भए झैं “मार्क्सवाद कुनै जडवस्तु नभएर व्यवहारको निम्ति मार्ग निर्देशन हो”। त्यसरी नै मार्क्सवादको अँत्मा भनेको “क्रान्तिकारी द्वन्द्व‍वाद” र त्यसको “आलोचनात्मक भावना” हो। सारांशमा द्वन्द्व‍ात्मक तथा ऐतिहासिक भौतिकवादी प्रणाली नै मालेमावादको सारतत्व हो। त्यसैले हामीले संसारका सबै वस्तु र घटनाहरूलाई तिनीहरूको निरन्तर गतिशीलता र परिवर्तनशीलतामा हेर्नु पर्दछ र विगत डेढ सय वर्षको विश्व कम्युनिष्ट आन्दोलन र थुप्रै क्रान्ति तथा प्रतिक्रान्तिहरूका अनुभवका आधारमा सर्वहारा वर्गको पार्टी र त्यसको संगठनात्मक संरचना तथा पद्धतिलाई पनि ऐतिहासिक गतिशीलतामा नै हेर्नु र बुझ्न सक्नुपर्दछ। अन्तत: संसारमा ‘गुमाउनको निम्ति केही नभएको’ इतिहासको सबभन्दा अग्रगामी वर्ग सर्वहारावर्गको सचेत अग्रदस्ता कम्युनिष्ट पार्टीले सच्चा सर्वहारावर्गीय चरित्र कायम गर्न सक्छ कि सक्दैन र त्यसले नयाँ जनवादी र समाजवादी क्रान्तिदेखि सर्वहारा सांस्कृतिक क्रान्तिहरूका असंख्य श्रृंखलाहरू पार गर्दै निरन्तर क्रान्तिमार्फत् विश्वव्यापी वर्गविहीन र राज्यविहीन साम्यवादको स्थापना गरेर आफ्नै विलोपीकरण हुने स्थिति सिर्जना गर्न नेतृत्व प्रदान गर्न सक्छ कि सक्दैन भन्ने कुरा नै क्रान्तिको सर्वाधिक महत्वपूर्ण प्रश्न भएकाले हामीले अहिलेसम्मका कम्युनिष्ट पार्टीका समस्याहरूलाई बिल्कुल क्रान्तिकारी द्वन्द्व‍वादी र आलोचनात्मक ढंगले समीक्षा गरेर नयाँ ढंगको पार्टीको जग बसाल्ने साहस गर्नैपर्छ।

यस सान्दर्भमा हामीले सबै खाले दक्षिणपन्थी संशोधनवादी तथा रुढिवादी र अराजकतावादी विचलनहरूबाट सतर्क रहदै मुख्य रुपले लेनिनले विकसित गर्नु भएका पार्टीसम्बन्धी सिद्धान्त र तीबारे वामपन्थी क्रान्तिकारी कोणबाट रोजा लग्जेम्वर्गले उठाउनु भएका कतिपय प्रश्नहरूलाई समेत ध्यान दिदै र ती माथि पछिल्लो चरणमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिकालमा माओले थप विकसित गर्नु भएका अवधारणाहरूलाई दह्रोसँग पक्रदै नयाँ आवश्यकता अनुरुप ती सबैभन्दा अघि बढेर नयाँ ढंगको पार्टी निर्माण गर्ने हिम्मत गर्नुपर्छ। हाम्रो पार्टीको ऐतिहासिक दोस्रो राष्टि्रय सम्मेलनले संश्लेषित गरेको नवीनतम विचार श्रृंखला मालेमावाद र प्रचण्डपथको मर्म र इतिहासले हामीमाथि सुम्पेको नयाँ जिम्मेवारी यही हो।

[(२०५९ कार्तिक २२ प्रकाशित भएको हो, आज पनि शान्दर्भिक भएकोले पुन:प्रकाशित गरिएको हो । ) २०५९/०७/२२ नेकपा माओवादी दस्तवेजबाट]

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्