Logo

ओली सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा – देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्।

यो कुरा आज देउवाले विज्ञप्ति निकालेर उल्लेख गरेका हुन्।

‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ देउवाले भनेका छन्, ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।’

उनले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई भनेका छन्।

उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिएका छन्।

हालै प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे मागबारे देउवाले पुनस् ध्यानाकर्षण गराएका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्