Logo

मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्ने छैन,राष्ट्रपतिलाई सभामुखले सिफारिस गर्नुपर्छ : टीकाराम भट्टराई


काठमाडौं -संविधानविद् तथा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तत्कालै सभामुख अग्नि सापकोटाले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने बताएका छन् ।

सभामुखले कानुनविद्हरुसँग गरेको छलफला उनले संविधान बमोजिम सभामुखले यो काम गर्न सक्ने बताए ।

संविधानको धारा ९३, १०३, सर्वोच्चको फैसलाबमोजिम पनि संसद् कहिले मर्दैन भन्ने आधारमा सभामुखले नै संसद् बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने सुझाव दिए ।

“सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ,” उनले भने, “मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्ने छैन ।

सभामुखले यो काम गर्न सक्नुहुन्छ । संविधानले दिएको कर्तव्य निर्वाह नगरी बस्न सक्दैन ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्