Logo

प्रधानमन्त्री र राष्ट्रपतिले किचेनमा बसेर हरहिसाब गरेर निर्लज्ज खेल खेले – अधिवक्ता शम्भु थापा


काठमाडौं – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले किचेनमा बसेर हरहिसाब गरेर निर्लज्ज खेल खेलेको आरोप लगाएका छन् ।

सभामुख अग्नि सापकोटाले कानुनविदहरुसँग गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

“यो संविधान संविधानसभाले बनाएको हो । अर्को संविधान बन्ने प्रक्रिया छैन । संविधानसभाको संविधान कहिले पनि मर्दैन । यसलाई मार्न कसैले पनि सक्दैन ।

यसको संशोधन हुन सक्छ,” उनले भने, “संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । हामी कानुन मान्ने छौँ । कानुन नमान्ने सरकारमा छन् ।

किचेनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर हरहिसाब गरेर खेल खेल्नुभएको छ । यो निर्लज्ज छ । कुनै पनि हालतमा सरकार छोड्दिन भन्नुभएको छ । अदालतमा गएका छौँ ।

धेरै लामो समयसम्म जोड घटाउ गरेर यो निर्णय लिएका छन् । राष्ट्रपतिकहाँ कागज पुगेपछि अर्को सृष्टि गर्ने अधिकार राष्ट्रपतिकहाँ कहाँबाट आयो ?”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्