Logo

राष्ट्रपति र प्रधानमन्त्रीलाई राजीनामा गर्न लगायो मालीको सेनाले


पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नि”यन्त्रणमा लिएर राजीनामा दिन लगाएको छ।

माचार संस्था रोयटर्सका अनुसार अन्तरिम सरकारका राष्ट्रपति  बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई सेनाले राजीनामा दिन लगाएको हो। उनीहरूलाई सेनाले सोमबार नि”यन्त्रणमा लिएर राजधानी बामाकोबाहिर  काटीस्थित सेनाको ग”णमा राखेको थियो।

दुई दिन सैनिक नि”यन्त्रणमा रहेका उनीहरूले बुधबार राजीनामा दिएको मालीका उपराष्ट्रपति तथा सैनिक शासक बाबा सिसेका सहयोगीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्। उनका अुनसार राजीनामा दिएकाहरूलाई रि”हा गर्ने र नयाँ सरकार बनाउनेबारे ‘नेगोसिएसन’ भइरहेको छ। अन्तर्राष्ट्रिय समुदायले नि”यन्त्रणमा लिइएका नेताहरूलाई बिनासर्त रि”’हा गर्न गरेको आग्रहलाई बेवास्ता गर्दै सेनाले उनीहरूलाई राजीनामा दिन बा”ध्य पारेको हो।

केही दिनअघि सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नि”यन्त्रण लिएको हो।

यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नि”यन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो। सेनाको नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले  ठूलो क्षेत्र नि”यन्त्रणमा राखेको मालीमा थप अ”स्तव्यस्तता ल्याउने देखिएको छ।

राष्ट्रपति  बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो। यो बीचमा उनीहरूको सेनासँग अ”सन्तुष्टि बढेको थियो। मुख्य पद सेनाले आफ्नो नि”यन्त्रणमा राख्न थालेपछि उनीहरू अ”सन्तुष्ट थिए। -एजेन्सीको सहयोगमा

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्