भाले, सुँगुर र हामी माओवादीहरु
गोपाल किराती
माझ किरात भोजपुरका गणेश प्रधानले आजभन्दा २२ बर्षअघि प्रसंगवश एउटा कथा सुनाएका थिए । पछि जनमुक्ति सेनाको बृगेड सह–कमाण्डरबाट अवकाश लिएका प्रधानको कथा यस्तो थियो :
एकादेशमा कुखुराको भाले र सुँगुर सँगसँगै बस्थे । एक दिन भालेले बासेर भन्यो, ‘चाडवाड आयो १’
प्रतिक्रियामा सुँगुरले भन्यो, ‘तेरो कुरा उस् उस् !’
भालेले अझ चर्केर भन्यो, ‘होइन, चाडवाड आयो ।’
फेरि सुँगुरले भन्यो, ‘उस् उस् उस !’
साँच्चै चाडवाड आयो । मानिसहरु जुटे । र, तीखो भालाले सुँगुरलाई घ्वा’प्प रोुपे । बल्ल थाहा पाएर सुँगुरले भन्यो रे, ‘चेतें चेतें !’
‘‘‘‘‘‘‘‘‘।।
भारतीय मार्क्सवादी पत्रकार, जो नेपाली श्रमजीवी जनताका अनन्य मित्र हुन, आनन्दस्वरुप वर्माले दुई बर्ष अगावै भनेका थिए, ‘अमेरिकी साुम्राज्यवाद नेपाललाई इण्डोनेसिया बनाउने ताकमा छ ।’
वर्माजीको व्याख्या थियो, विश्वको चौथो ठूलो जनसंख्या भएको इण्डोनेसिया सामुदायिक रुपले मुस्लिम देश थियो । त्यस्तो देशमा कम्युनिस्टहरुले पूरै राज्यसत्ता लिए । इण्डोनेसियामा स्थायी कम्युनिस्ट शासन हुन जाँदा अमेरिकाले दुईवटा चुनौती ठान्यो, पहिलो हो, इण्डोनेसियाको माध्यमले पूरै मुस्लिम विश्व कम्युनिस्ट बन्न सक्छ र दोस्रो हो, त्यसर्थमा पूरै एसिया कम्युनिस्ट बन्न सक्छ !
प्रति-विुद्रोहको योजना बनाउँदै अमेरिकाले इण्डोनेसियाको पुरानो जर्णेल सुहार्तोलाई हात लियो र भन्यो, ‘कम्युनिस्टका कारण इण्डोनेसियाको इस्लामिक धर्ममाथि गम्भीर आुघात पर्दैछ । इस्लाम रक्षाका लागि बेलैमा सोंच्नुपर्यो । सम्पूर्ण सहयोग दिन संयुक्त राज्य अमेरिका तयार छ।’
अब सैनिक जनरल सुहार्तो प्रत्यक्ष अमेरिकी दलाल बन्न पुगे । यता इण्डोनेसियामा कम्युनिस्ट पार्टी, सुकार्नो गठबन्धन सरकारले क्राुन्तिकारी भूमिसुधारलाई जोड्दार अघि बढाउँदै थियो ।
इस्लामका अतिरिक्त जमिन्दार समेतको सहयोग लिंदै जनरल सुहार्तोले सत्ता विप्लव गरी राष्ट्रपति सुकार्नोसहित ३० लाख जनताको ह”त्या गर्न पुगे । त्यसमध्ये १० लाख जना कम्युनिस्ट पार्टीका सदस्य थिए । यसरी इण्डोनेसियामा साुम्राज्यवादले जनसुंहार गर्यो र कम्युनिस्टहरुलाई सखाप पार्यो ।
मलेसियामा अर्को तरिकाले, साुम्राज्यवादीहरुले कम्युनिस्ट सखाप अभियान चलाए । लाइके नामको ब्यक्ति अमेरिकी दलाल रहेछन, तिनले मलेसियाई कम्युनिस्ट पार्टीको महासचिव पद हुु’त्याउन पुगे । साम्राज्यवादी मालिकको योजनामा महासचिव लाइकेले क्रा’न्तिकारी आधार क्षेत्रमा पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक बोलाए । केन्द्रीय सदस्यहरु तोकिएको स्थानमा केन्द्रीत भए । बैठक सुरु भयो । तर, लाइकेले दु’श्मनलाई उक्त बैठकको स्थान र समयको सूचना गरिसकेका रहेछन । दु’श्मनले सहजै घे’रा हाल्यो र जनयुद्वरत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई एकै ठाउँमा चिु’हान बनायो । मलेसियाई कम्युनिस्ट आ’न्दोलन सकियो।
भियतनाममा अमेरिकी सेनाले पाँच लाख कम्युनिस्ट योद्वाहरुको ह”त्या गर्यो । परन्तु, हो ची मिन्ह र उनका योग्य उत्तराधिकारी जनरल जियापको नेतृत्वमा अन्ततः अमेरिका ल’खेटियो । यसरी भियतनाम स्वतन्त्र रह्यो । क्रा’न्तिकारी भूमिसुधारकै क्रममा चिलीका कम्युनिस्ट राष्ट्रपति एलेण्डे मा’रिए । साम्राज्यवादी अमेरिका विरुद्व ‘दुई चार वटा भियतनाम खडा गर्ने’ उद्घोषसहित बोलिभियामा छापामार यु’द्व लडिरहेका अर्नेस्टो चे ग्वेभाराको ह”त्या अमेरिकी सेनाले नै गर्यो।
यहाँ विशेष ध्यान दिन जरुरी छ कि इण्डोनेसियाका इस्लामहरुको रक्षा भन्दै कम्युनिस्ट सखाप पार्न सुहार्तोलाई उक्साउने अमेरिकाले पछिल्लो समय मुस्लिम विश्वलाई कस्तो ब्यवहार गरिरहेछ ?
इराक अथवा सद्दाम हुसैन, प्यालेस्टाइन, कर्णेल कद्दाफी हुँदै ओसामा विन लादेन घटना र हाल सिरियामा अमेरिकाले कसरी रक्तपात थोपरेको छ ? त्यसमध्ये इरानले भने गम्भीर क्षतिहरुका बावजुद आणविक प्र तिरोध गरिरहेछ।
नेपालमा पनि मुस्लिम ब्यक्तित्वहरुको लगातार हुुत्या हुँदै आएको छ। त्यसमा कतै न कतै अमेरिकी हात स्पष्ट छ।
………..
अन्तरपार्टी क’लहको प्रतिशोधस्वरुप संसद विघटन, विश्वासको मतमा पराजय र फेरि संसद विघटन जस्ता कु’कृत्य गरिरहेका खड्गप्रसाद ओली नेपालमा सुहार्तो र लाइके दुवैको खलनायकी भूमिकामा अग्रसर देखिन्छन । नहुने निर्वाचनको मिति घोषणा गर्दै गणतन्त्रलगायत (जुनयु’द्व र जनआ’न्दोलन)का उपलब्धिहरुलाई नामेट पार्ने, देश र जनतामाथि इण्डो–अमेरिकी साम्राज्यवादी दासता थोपर्ने ओली हर्कत भइरहेका छन् । राजावादीहरुको प्रतिगामी जनमत संग्रह, सिके राउतको वि’खण्डनकारी जनमत संग्रह तथा विप्लव नेकपाको बालहठवादी जनमत संग्रहको मागलाई ओलीले सर्वप्रथम हिन्दु गणतन्त्रको जनमत संग्रहमा पु-याउने छन। त्यसैका निम्ति ठोरीमा अयोध्या र पशुपतिमा ३० करोडको जलहरीका प्रपञ्च रचिएका हुन । धार्मिक अतिवादीहरु र दलाल तथा नोकरशाहहरुको आडभरोसामा खड्गप्रसाद ओलीको कदमले सुहार्तो प्रबृत्ति अभिब्यक्त गर्छ भने कम्युनिस्ट पार्टीको आवरणमा ओली जुन अ’पराध गर्दैछन, त्यसले लाइके प्रबृत्तिको अभिब्यक्ति दिन्छ ।
स्मरणीय छ कि हिन्दु गणतन्त्रले नेपाली मजदुर–किसान र सुकुम्वासीलाई के दिन्छ ? सीमान्तकृत, दलित, जनजाति, मधेसी, मुस्लिम, खस तथा महिलालाई के दिन्छ ? देशभक्त नेपालीलाई के दिन्छ रु देशभक्तिको प्रश्नमा हिन्दु अतिवादले त नेपाललाई भारतीय हिन्दु साम्राज्यवादको प्रत्यक्ष उ’पनिवेश पो बनाउदैन र ? किनकि, काश्मीरको विशेष स्वायत्तता बलात खो’सेपछि भारतीय संस्थापन हिन्दु साम्राज्यवादमा खुलेआम प’तन भएको छ !
ओलीले सुरुमा हिन्दु गणतन्त्रको नारा दिने र नसके दोस्रो ष’डयन्त्रमा राजतन्त्र फर्काएर गणतन्त्र नै समाप्त गर्ने दाउ रचेका छन् भन्ने प्रष्ट देखिन्छ ।
उपरोक्त संदर्भमा एमसीसीमा ल’म्पसार परेको पृष्ठभूमि समेतले देश र जनतालाई इण्डो-अमेरिकी साम्राज्यवादको दास तुल्याउने र खासगरी महान जनयु’द्व लडेका इमान्दार माओवादीहरुलाई खोजी खोजी मा’र्ने तयारीमा ओली लागि परेका छन भन्ने देखिन्छ ।
अतः बाह्य हस्तक्षेपका विरुद्व राष्ट्रिय जनप्रतिरोध बढाउँदै, आन्तरिक दलालहरुलाई ना’ङ्गेझार पार्दै विद्यमान गणतन्त्रको रक्षा र यसलाई समाजवादी गणतन्त्रमा बदल्ने रणनीतिबाट मात्र देश, जनता र नेपाली श्रमिकवर्गको हित सुरक्षित गर्न सकिनेमा कम्युनिस्ट क्रा’न्तिकारीहरु एकताबद्व हुनै पर्छ । जनयु’द्वको समय भनिन्थ्यो, जनता नै इतिहासका निर्माता हुन, जनसमुदाय भनेका पानी र माओवादी भनेका माछा हुन । पानी र माछाको सम्बन्ध जस्तै जनता र देशभक्त क्रान्तिकारीहरुको सम्बन्ध सुदृढ गरिनु पर्छ । नेता र कार्यकर्ताको सुरक्षा स्वतः स्पष्ट छ।
त्यसैले कुखुराको भाले बासेर भनिरहेछ, ‘माओवादी ध्रूवीकरण गरियोस् !’
हामी, सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौं कि भालेको सूचनालाई कृपया ‘उस् उस्’ भनी नउडाइयोस् !
(किरातीको फेसबुक वालबाट)