Logo

साकेलामा


-भिम राई (माक्पाली कान्छा)

ढुङ्कु ढुङ्कु
ढोल बज्यो
साईली माईली…
साकेलामा
यसपाली देखि
गाउँन छाडिदिनुस
यस्तो गित
हजुरलाई सुहाउन्न
यो शब्द संयोजन

ढोल झ्याम्टाको तालमा
पुजेर भुमेथान
निकालेर साकेला
दाहिने पाटो घुम्दै
बरु भन्नू होला हजुर
वाउ वाउ वाउरे…
मकै भुटीफूल उठि
किरातीको हुल उठि

गहुँगोरो वर्ण, थेप्चो नाक
त्यो भन्दामाथी
पँहेलो अक्षता टाँसेर
पुर्खाको आसिरवाद
कुबिले दिई रहँदा
हजुरले उठाउनु
सायाचोङ्सा खारावा
उठाउनु रातो भाले

घुमाउनु फनफनी नाचेर
आँगनमा ढोल र सेउलीलाई
गाउनु स्यामुना गित
तल तल सिम्सारैमा..
यति राम्री मायालुलाई …
रहन्छ सम्झना
बोली वचन
हजुरले ठाउँ छाडेपनि
बिर्सेर भोली हिँडेपनि

जाँदैनन् साईली र माईलीहरु
छाडेर यो ठाउँ
बस्छन सम्झना साँचेर
चौवन्दी फरियामा
अलिकति चाम्रे च्यापेर खोकिलामा
एक टुक्से आरखुसँग
भनी रहन्छन जहिल्यै
सोई ढोले सोई
अर्को ढोले खोई ?

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्