नेपाली राष्ट्रिय फुटबल टोली इराक पुग्यो

मैत्रीपूर्ण खेलका राष्ट्रिय फुटबल टोली बुधबार इराकको बस्रा पुगेको छ । नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते बस्रा रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।
टोली मंगलबार राती त्रिभुवन विमानस्थलबाट दोहा हुँदै बुधबार स्थानिय समय अनुसार १०ः१५ बजे बस्रा पुगेको हो ।
नेपाली टिममा २३ खेलाडी र १२ जना अफिसियल रहनेछन्।
अफिसियलमा प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसहित सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलकिपर प्रशिक्षक विकाश मल्ल, व्यवस्थापक मधुसुदन उपाध्याय, टिम फिजियो लगायतका छन्।
टिमसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल पनि छन्।
नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।
कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।
नेपाली टिम गोलरक्षकहरु किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की रहेका छन । त्यस्तैगरी डिफेन्डरहरु रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास रहेका छन ।
त्यस्तैगरी मिडफिल्डरहरु विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान रहेका छन ।
त्यस्तैगरी फरवार्डहरु अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा रहेका छन ।