प्रतिबन्ध छल्न आकाशमै बिहे !
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा विवाह गर्ने जोडी र अन्य पाहुनाले विमान भरिएको थियो । भारतको हवाई नियामकले यो घटनाको विषयमा अनुसन्धान सुरु गरेको बताएको छ ।
भारतको हवाई उड्डयन निर्देशनालय (डीजीसीए)का एक अधिकारीले यो घटनापछि विमानमा एक कर्मचारीलाई कामबाट निलम्बन गरिएको बताएका छन् ।
स्पाईजेटका प्रवक्ताले भने बोइङ ७३७ विमान मादुराईबाट बैंग्लोरसम्मका लागि विवाहपछिको यात्राका लागि चार्टड गरिएको बताएका छन् ।

यद्यपि उनीहरुलाई स्पष्टरुपमा कोरोना नियन्त्रणको नियम पालना गर्न मापदण्डहरु बताइएको उनको भनाइ छ । साथै विमानमा कुनै पनि गतिविधिको लागि स्वीकृति नदिएको प्रवक्ताले बताए ।
अहिले भारतमा कोरोनाको दोस्रो लहर फैलिरहेको छ । भारतमा कोरोनाबाट तीन लाख ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
यद्यपि विशेषज्ञहरु कोरोनाबाट मर्नेको वास्तविक तथ्यांक आधिकारिक तथ्यांकभन्दा धेरै भएको बताउँछन् ।
एजेन्सीहरुको सहयोगमा



