Logo

एटलेटिको म्याड्रिड बन्यो ला लिगा च्याम्पियन


काठमाडौँ: एटलेटिको म्याड्रिड सन् २०२०-२०२१ सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनेको छ ।

लिगको अन्तिम खेलमा आफ्नो खेल जितेसँगै एटलेटिको म्याड्रिडले उपाधि पक्का गरेको हो। उपाधि होडमा रहेको रियल म्याड्रिड भने अन्तिम खेलमा जित हासिल गरेपनि एटलेटिकोसंग २ अंकले पछि पर्दै उपविजेतामा चित्त बुझायो।

एटलेटिकोले घरेलु टोली रियल भालाडोलिडमाथि २-१ को जित दर्ता गर्दै एटलेटिको च्याम्पियन बनेको हो । एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १-१ गोल गरे । रियल म्याड्रिडले भने घरेलु मैदानमा भिल्लारियलविरुद्ध २-१ को जित दर्ता गर्यो ।

यस नतिजाले एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सिमित रहयो । बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य गर्यो ।

यता रियल म्याड्रिडले भने भिल्लारियलविरुद्ध जित निकालेपनि एटलेटिकोले जित निकाल्दा उपाधि जित्न सकेन । पाहुना टोलीका लागि येरेमी पिनोले २० औं मिनेटमा गोल गरेका थिए ।

खेलको दोस्रो हाफको सुरुवातमै करीम बेन्जेमाले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई अफसाइड दिएका थिए । त्यसपछि खेलको तीन मिनेट समय बाँकी रहँदा बेन्जेमाले बराबरी गोल गरे । उनले रोड्रीगोको पासलाई पेनाल्टी क्षेत्रको ठिक भित्र नियन्त्रणमा लिँदै टप कर्नरमा गोल गरेका थिए । इन्ज्युरी समयमा बेन्जेमाको क्रसमा लुका मोड्रीचले गोल गरेपनि उक्त जित उपाधिका लागि पर्याप्त रहेन ।

क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा एइबारमाथि १-० को जित दर्ता गर्यो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमनले निर्णायक गोल गरेका थिए । ८१ औं मिनेटमा उनले सानदार भलीमार्फत गोल गर्दै जित सुनिश्चित गरेका थिए । एजेन्सीको सहयोगमा

फोटो: गोल डटकम 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्