Logo

हाईड्रोपावर कम्पनीले २४ लाख कित्ता आईपीओ ल्याउँदै


 

काठमाडौं । शेयरबजारमा फेरि अर्को हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको भिडमा मायाखोला हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।

मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाईको लागि २४ करोड बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

हालै कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकसंग सम्भौता गरेको हो । उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

हाल मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४।९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

७ जेठ, काठमाडौं । शेयरबजारमा फेरि अर्को हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको भिडमा मायाखोला हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।

मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाईको लागि २४ करोड बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

हालै कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकसंग सम्भौता गरेको हो । उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

हाल मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४।९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्