Logo

३ सय २५ करोडमा बिक्यो ‘आरआरआर’


मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’ लाई बलिउडकै ठूलो बजेटको फिल्म मानिएको छ ।

राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्ट अभिनित फिल्मलाई लिएर दर्शकमा कौतुहलता तिब्र छ ।

बलिउड लाइफका अनुसार भारतीय फिल्म निर्माता र वितरकले यो फिल्मको डिजिटल, सेटलाइट र इलेक्ट्रोनिक राइट्स महंगो मूल्यमा किनेका छन् ।

जसमा हिन्दी भर्सनको थिएट्रिकल रिलिजको अधिकारको मूल्य नै १ सय ४० करोड रुपैंयाँ छ । डिजिटल, सेटलाइट र इलेक्ट्रिोनिक राइट्स गरी फिल्म ४ सय २५ करोडमा फाइनल गरिएको छ ।

फिल्मको पोस्ट रिलिज सेटलाइट र डिजिटललाई जी ग्रुपले महंगो मूल्यमा किनेको छ ।

निर्माताले ‘आरआरआर’ रिलिज पछिको सेटलाइट र डिजिटल राइट जी ग्रुपलाई ३ सय २५ करोडमा बिक्री गरेको हो ।

बलिउडमा कुनै पनि फिल्म रिलिज पछि सर्वाधिक रकममा यसको सेटलाइट र डिजिटल अधिकार बेचिएको सम्भवत यो नै पहिलो फिल्म हो ।

योसँगै जी ग्रुपले सबै भाषाको डिजिटल र सेटलाइट अधिकार आफूले लिएको छ ।

फिल्म यो वर्षको दशहरामा रिलिज गर्ने भनिएपनि कोभिड प्रकोपलाई ध्यानमा राख्दै आगामी वर्षको संक्रान्तिमा रिलिज हुनेछ । -एजेन्सीको सहयोगमा

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्