Logo

मध्यरातमा संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव


काठमाडौँ: सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

उक्त सिफारिसबमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने गरी मिति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको हो।

मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६-५ अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६-७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

संविधानको धारा ७६-७ बमोजिम प्रतिनिधिसभा विघटन गर्न र अर्को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन २०७७ कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते शुक्रबार सम्पन्न हुने गरी मिति तोक्न मन्त्रिपरिषदबाट निर्णय भई सिफारिस गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

यसअघि आजै मध्यरातै  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको निम्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेको दाबी अस्वीकृत गरिदिएकी थिइन्।

ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ जना गरी १५३ जना सदस्यको समर्थन प्राप्त भएकाले प्रधानमन्त्री पदमा विश्‍वासको मत पाउन पर्याप्त आधार रहेको भन्दै राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए।

देउवाले पनि नेपाली कांग्रेसका ६१ जना, नेकपा माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२, नेकपा एमालेका २६ र दुर्गा पौडेलसहित १४९ जनाको हस्ताक्षर पेस गर्दै प्रधानमन्त्रीको दाबी गरेका थिए।

तर राष्ट्रपति कार्यालयले दुवै तर्फबाट (ओली र देउवा दुवैको)  प्रधानमन्त्रीको लागी दाबी नपुग्ने निर्णय गरेको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्