काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैजना प्रधानमन्त्री नियुक्त हुन सकेनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैजनाको दाबी नपुगेको भन्दै कसैलाई पनि प्रधानमन्त्रीमा नियुक्त नगरेकी हुन् । शुक्रबार राति राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा यस्तो जनाइएको हो ।