Logo

टंक राईको कहिल्यै कुनै चुनावमा नउठ्ने घोषणा


नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद टंक राईले अब कहिल्यै कुनै चुनावमा आफू नउठ्ने घोषणा गरेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ जाल्पा घर भएका उनले यस्तो घोषणा गरेका हुन् ।

उनले सामाजिका सन्जालमा लेखेको छन, ‘आज म खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका वडा न । १२ जालपा बस्ने टंक राई यो घोषणा गर्दछु कि, म कुनै चुनावमा उम्मेदवार हुने छैन र म कुनै सरकारी नियुक्ति लिने छैन ।’

एमाले र माओवादिको पार्टी एकताको क्रममा नेकपाको केन्द्रीय सदस्यमा खोटाङबाट एमालेकातर्फबाट खगेन्द्र राई, बिशाल भट्टराई र राजन राई तथा माओवादीबाट रामकुमार राई, समिता कार्की र दुर्गाजयन्ती राईको नाम समावेश हुँदा टंक राईको नाम थिएन । उक्त कारण नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भई नेकपा बनेका बेला उनी प्रचण्डसँग असन्तुष्ट थिए ।

माओवादी केन्द्रमा पोलिटव्यूरो र केन्द्रिय सदस्य बनेका तर पार्टी एकताकाक्रममा नअटाएका नेता समेत असन्तुष्ट देखिएका छन्। जीवनको लामो समय वाम राजनीतिमा बिताएका एक चर्चित नेता हुन ।

टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रमा एकता ०७३ चैत्रमा भएको थियो । त्यो भन्दा केहि समय अघिदेखी सीपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राईले नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए ।

हलेसी महादेवस्थान विकास समिति अध्यक्ष टंक राई नियुक्ती केहि समय अघी मात्र भएको थियो । हलेशी गुरुयोजना पारित बिकास समितिमा मार्फत राम्रो कार्य गर्न लागेको  मिडियमा समेत आएको थियो । समितिका नवनियुक्त सदस्य सुरेन्द्रकुमार राई, प्रदीप राई, प्रमोद गिरी, जानुका राई र निर्पध्वज राई समेत सोही समयमा नियुक्त भएको थियो ।

को हुन् राई ?

विगत चार दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिष्ट आन्दोलनमा सक्रिय राई खोटाङबाट ०४८ र ०५१ मा नेकपा एमालेका सांसद बनेका थिए । एमाले विभाजनपछि उनी नेकपा मालेमा थिए । माले महासचिव सीपी मैनालीसँग बैचारिक मतभिन्नता पछि राईले नेपाल कम्युनिष्ट पार्टी गठन गरी निर्वाचन आयोगमा दर्तासमेत गराएका थिए ।

केही वर्षयता उनी गृहजिल्लामै बसेर गाउँकाे विकासमा सक्रिय बनेका थिए। राईको प्रभाब पूर्वी नेपालका खोटाङ, ओखलढुंगा र भोजपुरमा राम्रो रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्