Logo

सिंहदरबारमा माधव नेपाल पक्षका सांसदहरुको भेला


काठमाडौँ:  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि परिवर्तित राजनीतिक परिस्थितिपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।

उक्त पक्षको छलफलका लागि सिंहदरबारमा नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्