Logo

कसैको हात खाली नहुने ३ अर्बको आईपीओ आउँदै


काठमाण्डौ । नयाँ बीमा कम्पनीले ठूलो संख्याको आईपीओ ल्याउने तयारी गरिरहेको छ । कम्पनीले तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई आईपीओ ल्याउने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी गरिरहेको हो । बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी गरेका छन् ।

अधिकृत पूँजी २० अर्ब रुपैयाँ, जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएको छ । कम्पनीको तत्काल चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने छ । सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गरेर कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याउने योजना छ ।

कम्पनीमा ७० प्रतिशत संस्थापक शेयर हुनेछ । त्यसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ । यस्तै वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ छ । ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको पनि कम्पनीले जनाएको छ ।

बीमा समितिका पूर्व अध्यक्ष शाहसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई । नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको पहलमा नयाँ कम्पनीको दर्ता प्रक्रिया अघि बढेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्