उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन् ।

यस्तै उनले आफूलाई मत दिने सबै मतदाता आभार समेत प्रकट गरेका छन् ।

‘आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई’, बादलले सामाजिक सञ्जालमा लेखेका छन् ।