Logo

राष्ट्रिय सभा सदस्यमा बादललाई हराउँदै खिमलाल देवकोटा विजयी


नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा एमालेका उमेदवार रामबहादुर थापा बादल पराजित भएका छन् ।

राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धनका उमेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।

कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् ।

उनले एमालेका उमेदवार रामबहादुर थापा बादललाई पराजित गरे ।

खिमलालले ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मत पाए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले देवकोटा विजयी भएको सेतोपाटीलाई बताए।

देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो।

संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्