Logo

बाल गायिका नविना केसीको पहिलो गीत “खुसी गुमेको” म्युजिक भिडियो सार्वजनिक


मुन्धुमस्टारडटकम –  चर्चित बाल गायिका नविना केसीको पहिलो गीत ‘खुसी गुमेको’ बोलको गीत सार्वजनिक भएको छ ।

पश्चिम रुकुमको बाफिकोट गाउँपालिकामा जन्मिएकी ११ बर्षकी केसी पछिल्लो समयकी चर्चित बाल गायिका समेत हुन् । ३ वर्षकै उमेरमा बाबु गुमाएकी बाल गायिका केसीको वास्तविक जीवनमा आधारित यो गीत साच्चै मर्मस्पर्शी बनेको छ । गीतमा गायक दिपेन्द्र पौडेल र चक्र अभिरलको समेत आवाज रहेको छ । यो  गीतको शब्द पनि दिपेन्द्र पौडेलले नै लेखेका हुन् भने संगित चक्र अविरलको रहेको छ ।

गीतको एरेन्ज यम थापा मगरले गरेका हुन् भने म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक प्रियजन राईले गरेका हुन। गीतका कलाकारहरु: टीका बि. श्रेष्ठ, हरि ढकाल, संचिता गुरुङ, राजु रिजाल, प्रकाश बराईली, मिठु थापा, अभिषा भट्ट, मन्दिप श्रेष्ठ, गोर बहादुर कार्की, रबिन दोङ, दिपक गुरुङ, प्रमोद भट्ट, सिर्जना लम्साल, सुजन ठकुरी आदिको रहेको छन् ।  शंकर बरालले गरेको शृङ्गार र स्कृप्ट रबिन दोङ गरेका हुन । बिक्रम कार्कीको छायांकन रहेको भिडियोको सम्पादन अनिल कुमार महर्जनले गरेका हुन ।

अहिलेका बाल प्रतिभाहरु मध्ये सबै भन्दा उत्कृष्ठ प्रतिभाको उपाधी पाईसकेकी नविनाको आवाज रहेको यो गीतलाई लेकबेशी खबरले आफ्नो अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरेको हो। यस गीतको सम्पुर्ण पक्ष एकदमै सबल र उत्कृट रहेको यस गीतको दर्शक तथा श्रोताहरुले प्रतिकृया दिईरहेका छन ।

गीतको पुरा भिडियोको लिङ्क तल……

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्